मसाल लुम्बिनीका प्रवक्ता जि.सी.को आरोपः सरकार नै नेपाल र नेपालीको हितमा छैन (तस्बिर सहित )

Nepal Life

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

बैशाख–३१,अर्घाखाँची – नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी.ले अहिलेको सरकार नै नेपाल र नेपालीको हितमा नभएको आरोप लगाउनुभएको छ । रिण काढेर जिउ पाल्ने बाहेक अरु काम नगरेको जिकिर गर्दै सरकारले देशमा निराशा छरेको उहाँको दाबी छ ।

May be an image of 3 people, dais and textNepal life insurance

गणतन्त्रको रक्षा, प्रतिगमनका विरूद्द संघर्ष र संघीयता खारेजीको निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलबार सन्धिखर्क शान्तिबगैंचामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै प्रवक्ता जि.सी.ले यस्तो बताउनुभएको हो ।

May be an image of 1 person, temple and text that says "गणतन्त्रको रक्षा, प्रतिगमनका बिरुदु संघर्ष संधीयताका स्तामेन पे्ीकालागि पालिका स्तरीय जन ना सुभा रा 康 जक .ोजक नमोर्चा खाँची"

भ्रष्टाचारी र अपराधिलाई संरक्षण गर्ने, युवाजति विदेश बेच्ने अनि आफै सडकमा आएर रमिता देखाउने सरकारको गलत रवैयाले गणतन्त्रको बिरुद्धमा आवाज बढ्न थालेको प्रवक्ता जि.सी.को धारणा छ । पढ्न बोल्न खोज्दा दमन गर्ने, चेलीहरुको बलात्कार गर्ने, नयाँ व्यवस्थाको वकालत गर्दा हत्या गर्ने राजसंस्थाको माग गर्नेहरुको माग पुरा नहुने उहाँको तर्क छ ।

May be an image of 4 people and text

अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै नेता जि.सी.ले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभएको छ । प्रसंग फेर्दै नेता जि.सी.ले नेपालमा संघिय व्यवस्था फेल भइसकेको दाबी पनि गर्नुभएको छ । नेपालको राजनितिक, आर्थिक वा भौगोलिक कुनैपनि दृष्टिकोणले संघियता असफल सिद्ध भएको उहाँको तर्क छ ।

May be an image of 11 people, temple and text that says "अणदब्त्रको रक्ग प्रविजमालवन बिरदु संघ्र्व संघीयताका खारेजीकालागि पालिका स्तरीय जनचेतना सੁभा 2072 आयोजक जनमोर्चा अर्धाखांची जिल्ला राष्ट्रिय समिति,"

संघियता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ती स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 4 people, people smiling, temple and text

अखिल नेपाल किसान महासंघ अप्फाका केन्द्रिय महासचिव तुल्सी सापकोटाले सत्तामा बस्नेहरुको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यहि मौकामा राजावादी सल्बलाएको बताउनुभएको छ ।

May be an image of 7 people, temple and text that says "सवागतम उणतत्रको रक्षा प्रतिममतका विस्द्ु सधर्य सधीयताका सारेजीकालाजि पालिका स्वरीय जनचेतना सੁਮा 2002 राष्ट्रियजनमोर्चा आसोजय राष्ट्िय जनमोर्चा जित्ािति,अ्शष्ी जिल्ला रामिति, अर्धरींची"

राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष गोविन्द वि.सी.को अध्यक्षता, राजमो नगर कोषाध्यक्ष लीला भुसालको स्वागत मन्तव्य र नगर सचिव बसन्त खड्काको सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी. र अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।

May be an image of 9 people and temple

कार्यक्रममा बोल्दै उहाँहरुले मसानघाटमा अन्तिम सस्कार गरिसकिएको राजा ब्युताउने कुरा दिवा सपना मात्रै हुने तर्क गर्नुभएको छ । संघियताको खारेज गरि मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उहाँहरुको जोड छ । काँग्रेस, एमाले र माओवादी लगायतका पार्टी राष्ट्रघात गर्नको लागि तछाड मछाड गर्ने गरेको नेताहरुको आरोप छ ।

May be an image of 10 people, train and text

अहिलेको सरकार जनताको लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भू–माफियाको लागि बनेको उहाँहरुको जिकिर छ ।

May be an image of 4 people and temple

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना, राजमो जिल्ला सचिव बाबुराम पन्थी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, सचिवालय सदस्यद्धोय भिमलाल आचार्य, कमल प्रसाद घिमिरे लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

थप तस्बिर :

May be an image of 11 people, temple and text that says "अणदब्त्रको रक्ग प्रविजमालवन बिरदु संघ्र्व संघीयताका खारेजीकालागि पालिका स्तरीय जनचेतना सੁभा 2072 आयोजक जनमोर्चा अर्धाखांची जिल्ला राष्ट्रिय समिति,"

May be an image of 10 people and text

May be an image of 10 people and temple

May be an image of 11 people, temple and text

May be an image of 8 people, temple and text that says "वागतम गणततत्रको रक्षा प्रतिजमनका बिस्दु संघर्ष संधियताका सारेजीकालागि पालिका स्तरीय जनचेतना सुभा २०८૨ आयोषार भायोजक राष्टिय जनमोर्चा जिलला रमिति, अधाखोची"

May be an image of 4 people and text

Nepal life insurance

अन्य समाचारहरु