




अर्घाखाँची, २ जेठ । कलाकार मोतिराज खनाल, शेषनारायण पोख्रेलको शव्दमा, मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लयमा नयाँ भजन बजारमा आएको छ ।


नेपालकै प्रसीद्ध सुपादेउराली मन्दिर सुपादेउराली मन्दिरमा छायांकन गरिएको सहित सुपादेवी देउरालीकी माई, जय जय भगवती सुपादेवी देउरालीकी माई, अर्घाखाँची देवभुमीलाई, तिम्रो शक्ती खोजेर नपाई भन्ने शव्दहरुबाट भजन सुरु गरिएको छ ।


निर्देशक सुरज खनाल र कोरियोग्राफर शिवजी क्षेत्रीको रहेको छ । सुपादेउराली मन्दिरमा नै महिना दिन अगाडी आएर छायांकन गरीएको भजनमा चर्चित हास्यकलाकार दारी बाको पनि अभिनय रहेको छ ।

भजनको स्वरमा मोतिराज खनाल, शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ्ग र एरेन्ज विश्वास नेपालको रहेको भजन निकै उत्कृष्ट स्वर, शव्द, छायांकन सहित बजारमा आएको हो ।






भजनको मिडिया पार्टनरको रुपमा अर्घाखाँची डटकम पनि रहेको छ ।
पुरा भिडियो सहितः



