





-दिनेश गैरे, पाणिनि।
अर्घाखाँची : पाणिनि गाँउ पालिका को आर्थिक व्यावस्थापन र एटम मिडिया प्राइवेट लिमिटेडको आयोजनामा पत्रकार हरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तीन दिनसम्म संचालित तालीम मा वरिष्ठ पत्रकार दिनेश रेग्मी, सुफल काफ्लेले पत्रकारिता को विषयमा प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रम को उद्घाटन सत्र मा नेपाल पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष गणेश खनाल , सह सचिव घनश्याम पौडेल को समेत उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रम को प्रमुख अतिथि मा पाणिनि गा.पा. टेकराज न्यौपाने , बिशिस्ट अतिथि मा पाणिनि गा.पा प्रमुख प्रसासकिय अधिकृत रोमनाथ न्यौपाने , पाणिनि गा.पा उपाध्यक्ष नर्मदा गौतम पौडेल रहनु भएको थियोे ।


उक्त तालिम मा अर्घाखाँची का २ दर्जन बढि पत्रकार को उपस्थिति रहेको थियो । एटम मिडिया का अध्यक्ष प्रकाश प्युठानी को अध्यक्षता रहेको कार्यक्रम पत्रकार भिम विश्वकर्मा को संचालनमा सम्पन्न भएको छ ।



