अर्घाखाँचीका यातायात व्यवसायी भन्छन्ः यातायात बन्दको आन्दालनप्रति ऐक्यबद्धता छ (तस्बिर सहित)

 

गोपाल प्रसाद भट्टराई ,  अर्घाखाँची।

अर्घाखाँची – आजदेखि देशैभर सुरु भएको अनिश्चितकालीन यातायात बन्दको आन्दालनलाई अर्घाखाँचीका यातायात व्यवसायीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबार देखि सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णयलाई आफुहरुले पनि कार्यान्वयन गर्ने अर्घाखाँचीका ५ वटा यातायात प्रा.ली.ले घोषणा गरेका हुन् ।

May be an image of 1 person

सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि आफुहरुका माग पुरा नभएसम्म आन्दोलनमा होमिने ‘सार्वजनिक यातायात बचाउ जिल्ला स्तरिय संघर्ष समितिले जनाएको छ । आन्दोलकै बखत कुनै आपतकालिन अवश्था आएमा भने मानविय नाताले बिशेष सवारी सेवा संचालन गर्ने समितिको भनाई छ ।

May be an image of 4 people, dais and text

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका सवारी साधनलाई समेत भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली विना शर्त खारेज हुनुपर्ने उनिहरुको माग रहेको छ । अर्घाखाँचीमा पनि यो समस्या रहेको बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नियामक निकायले आवश्यक चाँसो नदिएको उनिहरुको आरोप छ ।

May be an image of 8 people and text

images

आन्दोलनलाई व्यवस्थित बनाउन देउराली यातायात अर्घाखाँची प्रा.लि.का अध्यक्ष गोविन्द बन्जाडेको संयोजकत्वमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.अर्घाखाँची काउन्टर प्रमुख कमल प्रसाद भट्टराई, लकां यातायात प्रा.लि.का अध्यक्ष कृष्ण प्रसाद भुसाल, ट्याक्सी व्यवसायी प्रा.लि.अर्घाखाँचीका अध्यक्ष महेन्द्र कुमार भुसाल र अर्घा भगवती यातायात प्रा.लि.अर्घाखाँचीका उपाध्यक्ष पदम क्षेत्री सदस्य रहेको ‘सार्वजनिक यातायात बचाउ जिल्ला स्तरिय संघर्ष समिति समेत गठन गरिएको देउराली यातायात अर्घाखाँचीका महासचिव प्रेम प्रकाश पाण्डेले जानकारी दिनुभएको छ ।

May be an image of 3 people, temple, dais and text

images

यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने भन्दै संघर्ष समितिले बन्दले आम यात्रु, मजदुर, कर्मचारीलाई आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन अपिल समेत गरेको छ ।

 

images

Nepal life insurance