काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले भारतीय राष्ट्रिय कँग्रेसकी अध्यक्ष सोनिया गान्धीको सफल शल्यक्रियाबाट आफू चिन्तामुक्त भएको बताएका छन् ।
प्रधानमन्त्री खनालले आइतवार एक सन्देश पठाइ नेपाल सरकार, नेपाली जनता र आफू स्वयंका तर्फबाट नेत्री गान्धीको शीघ्र स्वास्थ्यलाभ एवम् सुस्वास्थ्यको कामना गरेका हुन् ।
रासस



