नेपाल औषधि ब्यवसायी संघको ५२ औं स्थापना दिवस सन्धिखर्कमा मनाईयो (तस्बिर सहित)

 

-हिम लेकाली

असार १० सन्धिखर्क-  नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले मङ्गलबार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ। संस्थाको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा यो दिवस प्रहरी कार्यालयको सभाकक्षमा मनाईएको हो ।

 

Nepal life insurance

दिवसकाे उपलक्ष्यमा संस्थाले जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक प्रहरी कार्यालयलाई १०० थान  लापसे (लागु पदार्थ सेवन ) चेक जाँच कीट ( Urine tast stick ) प्रदान गरेकाे छ ।

संस्थाका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका लुम्बिनी प्रदेश सदस्य अर्घाखाँची जिल्ला ईन्चार्ज डा। धर्मराज भट्टराईले दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै यो चेक जाँच प्रभावकारी भएकोले सवारि दुर्घटना न्युनिकरण र युवाहरू दुर्व्यसन बाट मुक्त गर्न सहयोग पुर्याउने बताउनु भयो ।

 

images

उहाँले दुर्ब्यसनीहरूको नियन्त्रणमा औषधी ब्यवसायीहरूको ठुलो भूमिका रहने बताउदै मानव स्वास्थ्यमा प्रयोगहुने कतिपय औषधिहरू दुर्ब्यसनीले प्रयोग गर्ने हुँदा त्यस्ता औषधिहरू बेच्दा डक्टरको प्रिस्केप्सनको आधारमा मात्र दिने र औषधिका बारेमा लिन आउने संग छलफल गरेर बुझाएर मात्र दिनु पर्ने बताउनु भयो ।

images

 

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नूमलाल पन्थीले महत्त्वपूर्ण सामाग्री प्रदान गरेकोमा संस्थालाई धन्यबाद ब्यक्त गर्दै बर्तमान स्थीतिमा कतिपय युवा पिँडि लागु पदार्थको सेवन बाट घर ,समाज र आफ्नो जीवन बरबाद गरिरहेको छन् मुलुकको उर्वर जनशक्ति लागु औषधले क्षय गरेको छ ,यस्को न्युनिकरण र बचाउमा सबै लाग्न जरूरि भएको बताउनु भयो ।

images

 

त्यसै गरि प्रहरी नायब निरिक्षक झलक प्रसाद शर्माले दुर्ब्यसनको कारण देश भरि सवारि दुर्घटना ,आत्म हत्याका घटना , पारिवारिक अशान्ति , गरिविता ,बड्दै गईरहेकोले यो न्युनिकरण र अन्त्यको लागि यो अभियानमा प्रहरिलाई समुदाय र अभिभावकले सामाजिक दाईत्व सम्झि सघाउनु पर्ने बताउँनु भयो ।

 

Nepal life insurance

कार्यक्रम मा लुम्बिनी प्रदेश सल्लाहकार नारायण पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतम ले पनि मन्तव्य राख्नु भएको थियो । संस्थाका महा सचिव तिलक मिश्रले सन्चालन गर्नु भयको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला अध्यक्षले प्रनानी झलक प्रसाद शर्मा र ट्राफिक प्रमुख निरज गौतमलाई ९लापसे ०चेक जाँच कीट प्रदान गर्नु भएको थियो ।

 

Nepal life insurance