प्रधानमन्त्री पदबाट राजीनामा दिएका झलनाथ खनालले व्यवस्थापिका-संसदमा गरेको सम्बोधनको पूर्ण पाठ

Nepalese Prime Minister Khanal speaks as he announces his resignation at the parliament in Kathmandu

 

पूर्ण पाठ :

सम्माननीय प्रधानमन्त्री झलनाथ खनालज्यूले व्यवस्थापिका-संसदमा गर्नुभएको सम्बोधन



(राजीनामाको सन्दर्भ, औचित्य र निर्णयका सम्बन्धमा)


सम्माननीय सभामुख महोदय,



मुलुकको संक्रमणकालीन अवस्थामा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यका साथ २०६७ माघ २० गते यसै सम्मानीत सदनबाट म प्रधानमन्त्रीको पदमा निर्वाचित भएको थिएँ। अन्तिमसम्मका निरन्तर प्रयत्नहरुले समेत म आफैले निर्धारण गरेको समय