माओवादी र कांग्रेस सहमतीय सरकारको दाबी गर्दै आ-आफ्नै उम्मेदवार सहित मैदानमा

राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरे सगै त्यस्तो सरकारको नेतृत्व गर्न दुइ प्रमुख पार्टीहरु माओवादी र नेपाली कांग्रेसले आ-आफ्ना कसरत बढाएका छन्।


माओवादीले कांग्रेससँग आलोपालो प्रधानमन्त्री बन्ने आकांक्षा सहित सम्मानजनक शक्ति बाँडफाँडको प्रस्ताव अगाडि ल्याएको छ।


नेपाली कांग्रेसले भने शान्ति प्रक्रियाका मूलभूत कुरा टुंगिएपछि मात्रै माओवादी स्वीकार्य हुने बताएको छ।

 

एमाले, मधेसी मोर्चालगायत दलहरू सहमति जुटाउने र कसको नेतृत्वमा अघि बढ्ने भन्ने रणनीति तय गर्दैछन् । प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएपछि राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार बनाउन आइतबारसम्मको समय दिएका छन् ।

 

संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादीले कांग्रेससँग आलोपालो प्रधानमन्त्री र शक्ति बाँडफाँडमा आधारित भएर आफ्नो नेतृत्वमा सरकार बन्ने आधार बन्दै गएको दावी गरेको छ।

 

शान्ति प्रक्रिया र संविधान लेखनबारे आफुहरुले कांग्रेसलाई आश्वस्त पार्न सक्ने उसको बुझाइ छ।

सरकार निर्माणका लागि हुने गरेका बैठकहरुमा संलग्न रहँदै आएका माओवादी नेता वर्षमान पुनले आलोपालोको विधिमा जान सकियो भने एमालेले नेतृत्व लिइसकेकाले अब माओवादीले र त्यसपछि कांग्रेसले नेतृत्व गर्ने आफुहरुको प्रस्ताव रहेको बताउँछन्।


उनी भन्छन्,