



ग्रिन बोर्डिङ्ग र युवाबर्ष मा.वि.हटारीले ल्याए ४ जिपिए
-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
अर्घाखाँची- अर्घाखाँची माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा अर्घाखाँचीबाट सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुल जिल्ला प्रथम हुन सफल भएको छ ।


ग्रिनबाट एसइइ दिएका भूमिकास्थान–७ का बिक्रम सारु मगरले ४ जिपिए, सन्धिखर्क–१ का आषिश ज्ञवाली र सन्धिखर्क–२ का सुजल भुसालले ३ दशमलव ९६ जिपिए ल्याएर स्कुललाई नै सर्वोत्कृष्ट बनाउनुभएको हो ।


४२ जना परिक्षार्थि सहभागी गराएको ग्रिनले शतप्रतिशत नतिजा निकाल्न सफल भएको प्रिन्सीपल टेक बहादुर थापाले बताउनुभएको छ । यस्तै युवाबर्ष जनता रविचित्र मा.वि.सन्धिखर्क–१ हटारीनेटा पनि अर्घाखाँचीमा सामुदायिक स्कुलतर्फ उत्कृष्ट हुन सफल भएको छ ।

युवाबर्ष बाट एसइइ दिएका सन्धिखर्क–५ का प्रोफिट अधिकारीले ४ जिपिए र सन्धिखर्क–१ कि पूर्णिमा खनालले ३ दशमलव ९६ जिपिए ल्याएर सामुदायिक स्कुलतर्फ युवाबर्ष जनता रविचित्र मा.वि.लाई नै उत्कृष्ट बनाउनुभएको हो । ८० जना परिक्षार्थि सहभागी गराएको युवाबर्ष जनता रविचित्र मा.वि.ले ७९ जना विद्यार्थि उत्तिर्ण गराउन सफल भएको प्रधानाध्यापक टेकराज आचार्यले जानकारी दिनुभएको छ ।

छात्रातर्फ युवाबर्ष जनता रविचित्र मा.वि.कै पूर्णिमा खनाल ३ दशमलव ९६ जि.पि.ए.ल्याएर जिल्ला प्रथम हुनभएको विद्यालयले दाबी गरेको छ । शैक्षिकशत्र २०८१ को एसइइमा अर्घाखाँचीबाट ६२ दशमलव १७ प्रतिशत विद्यार्थि उत्तिर्ण भएका छन् । २ हजार ६ सय बढि सहभागी भएको परिक्षाबाट १ हजार ६ सय १९ जना विद्यार्थि उत्तिर्ण भएका हुन् ।

७७ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका २ हजार ६ सय ४ जना विद्यार्थिले परिक्षा दिएकोमा १ हजार ६ सय १९ जनाले एसइइ पास गरेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले जनाएको छ ।
साधारण धारतर्फ २ हजार ४ सय ७४ जना परिक्षार्थि मध्ये १ हजार ५ सय ३० जनाले एसइइ उत्तिर्ण गरेका छन् । प्राविधिक धारतर्फ १ सय ३० जना विद्यार्थिले परिक्षा दिएकोमा ८९ जनाले पास गरेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले सार्वजनिक गरेको तथ्याकंमा उल्लेख छ । सामुदायिक स्कुलतर्फ ५९ दशमलव ८९ प्रतिशत विद्यार्थि उत्तिर्ण हुँदा संस्थागत तर्फ ९७ दशमलव ४६ प्रतिशतले एसइइ पास गरेका छन् ।

२ हजार ४ सय ४६ विद्यार्थि सामुदायिक स्कुलबाट परिक्षामा सहभागी हुँदा १ हजार ४ सय ६५ जनाले उत्तिर्ण गरेका छन् । १ सय ५८ जना संस्थागत विद्यालयबाट सहभागी भएका मध्ये १ सय ५४ जनाले एसइइ पास गरेका छन् ।
अर्घाखाँचीबाट ३.६० देखि ४ जिपिए ल्याउने १ सय ८३ जना, ३.२० देखि ३.६० जिपिए ल्याउने ३ सय ८१ जना, २.८० देखि ३.२० जिपिए ल्याउने ६ सय ६० जना, २.४० देखि २.८० जिपिए ल्याउने ३ सय ६६ जना, २ देखि २.४० जिपिए ल्याउने २९ जना रहेका छन् । ९ सय ८५ जनाको नतिजा भने एनजी आएको छ ।





