अर्घाखाची: खांचिकोट स्वास्थ चौकिको सेवा शुभारम्भ तथा समुद्घाटन सम्पन्न, स्थानीयलाई स्वास्थ सेवा लिन सहज हुने आशा (तस्बिर सहित)

images

खांचिकोट स्वास्थ चौकिको सेवा शुभारम्भ तथा समुद्घाटन सम्पन्न, स्थानीयलाई स्वास्थ सेवा लिन सहज हुने आशा

 

-केशवराज ज्ञवाली , अर्घाखाची डट्कम्।

अर्घाखाची – सन्धिखर्क नगरपालिका वार्ड नं ७ स्थित फर्ज्याङ्ग्खोलामा नवनिर्मित स्वास्थ चौकिको समुद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । स्वास्थ चौकिको उद्घाटन र गृह प्रवेश सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले रिवन काटेर गरेका हुन ।

May be an image of 1 person, temple and text that says "कोरार नमंद वমিकত स्वास्शय जौकीको वन स सव्धिसर्क नजरपालिका a5i - ७ स्थित साटीकोट स्वासशय पोकीको नवनिमित भवन समिधिसक बजरणालिकाका नगर प्रमुस श्री कृष्ण प्रसाद औेष्ठज्यूको कर-कमलवाट सम्पठ्न भयो รโส रम्वत 0ca खाा 13 30GG 9양 포 피 रोज सुजन। મા साचीठोटस् स्वार"Nepal life insurance

उद्घाटन समारोहमा बोल्दै प्रमुख श्रेष्ठले खाचिकोटको छुट्टै ईतिहास रहेको स्मरण गर्दै यस क्षेत्रको बिकासमा लागिपर्ने बाचा पनि दोहोर्याएका छन ।

उनले खाचिंकोट क्षेत्रबाट परम्पराकाल देखिनै जिल्लाबासिहरु हिडेर पत्थरकोटसम्म आवतजावत गर्ने गरेको पनि स्मरण गरे । यसै क्षेत्रमा पर्ने फुद्वाङ्ग डिहि किटेनी हुँदै सुपा देउराली सम्मको सडक छिटैनै सम्पन्न गर्न पहल गर्ने बताएका छन ।

May be an image of 6 people, dais, temple and text

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले सरकारी सेवा प्राप्तिका लागि सुबिधा सम्पन्न पुर्वाधार आवस्यक हुने र सम्पन्न भएका पुर्वाधार बाट सेवाग्राहिलाइ गुणस्तरीय सेवा प्रदान गर्न सबै सरोकारवालाहरुलाइ अनुरोध गरे ।

May be an image of 2 people, people smiling and hospital

वार्ड नं ७ का अध्यक्ष चुराबहादुर केसिले अब खांचिकोटले पुर्वाधारको क्षेत्रमा फड्को मार्ने बेला आएको बताए ।

May be an image of 3 people, temple and text

उनले यो स्वास्थ चौकी बाट भरपुर सेवा लिन स्थानियलाइ अनुरोध गर्दै स्वास्थचौकिलाइ आवस्यक साथ सहयिग सधै वार्डले गर्ने बताए ।

May be an image of 2 people, hospital and text

May be an image of one or more people

उद्घाटनको अवसर पारेर सन्धिखर्कमा रहेको ॐ हस्पिटल प्रा.लिले बिशेषज्ञ सहितको निशुल्क स्वास्थ शिविर पनि संचालन गरेको थियो । स्वास्थ शिबिरमा नेशनल प्याथ ल्याब बाट ल्याब सेवा पनि उपलब्ध थियो । यसैगरि उक्त अबसरमा स्वास्थ्य चौकि भवन निर्माण लागी जग्गा दाताहरुलाइ बिशेष सम्मान गरीएको थियो।

May be an image of 5 people, dais and text

खांचिकोट स्वास्थ चौकी प्रमुख प्रेम चन्द्र बि कले संचालन गरेको समारोहको अध्यक्षता वार्ड अध्यक्ष चुराबहादुर केसिले गरेका थिए ।

May be an image of 7 people, dais and text

सन्धिखर्क नगरपालिकाको फर्ज्याङ्ग्खोलामा निर्मित यो स्वास्थचौकि भवन बाट साबिक खांचिकोट गाबिसका २,३,४,५,६ ,७,८ का स्थानियहरुलाइ सेवा लिन सहज हुने अपेक्षा राखिएको छ । साविक १ र ९ रहेको खांची क्षेत्रमा आधारभुत स्वास्थसेवा संचालनमा रहिरहेको छ ।

थप तस्बिर :

May be an image of 7 people, dais and text

May be an image of 4 people, temple and text

May be an image of 9 people, dais and temple

May be an image of 2 people, temple and text

May be an image of 3 people, temple and text

May be an image of 6 people, dais, temple and text

May be an image of 3 people

May be an image of 11 people

May be an image of 15 people, flute, temple, dais and text

May be an image of 7 people and temple

May be an image of 2 people

May be an image of one or more people

May be an image of 15 people, flute, temple, dais and text

May be an image of 9 people, temple and text

May be an image of 3 people and clarinet

May be an image of 11 people

May be an image of 7 people

May be an image of 12 people

May be an image of 3 people and text

May be an image of 5 people and temple

Nepal life insurance

अन्य समाचारहरु