-दिनेश गैरे, पाणिनि अर्घाखाँची।
अर्घाखाँचीको पाणिनि ५ मैदान, काफलबुटा मा झुमादेबी युवा क्लबको ८ अौ बार्षिक उत्सव को अवसर पारेर वृद्ध वृद्धा सम्मान तथा, एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लामो समय देखि सामाजिक काम मा सक्रिय उक्त क्लबको आज ८ अौ बार्षिक उत्सव मनाईएको हो ।
अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला प्रमुख अतिथि रहेको उक्त कार्यक्रम मा बिशिस्ट अतिथि को रुपमा पाणिनि गा.पा उपाध्यक्ष नर्मदा पौडेल, मैदान का वडाध्यक्ष ईन्द्रमणि घिमिरे रहनु भएको थियो ।
साथै अतिथि हरुको रुपमा मैदान वडा सदस्य पार्वता सुनार, नेपाली काङ्ग्रेस मैदान सभापति गणेश घिमिरे , नेकपा ऐमाले मैदान सचिव खगिश्वर घिमिरे, पाणिनि पर्यटन समाज अध्यक्ष झविन सुनाम , बसन्त केसी, पत्रकार डिअारजी सुमन, दिनेश गैरे, कमला घिमिरे लगायत का रहनु भएको थियोे ।
उक्त बार्षिक उत्सव कार्यक्रम मा बोल्ने अतिथि हरुले कल्ब लाई बार्षिक उत्सव को शुभकामना दिदै आगामी दिन मा अझै राम्रा सामाजिक कार्य गर्न सुझाव दिदै, आफुहरु ले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियोे । कल्बले सोही बार्षिक उत्सव को अवसर मा एकल नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको छ ।
उक्त एकल नृत्य प्रतियोगिता मा प्रथम हुन सफल करिस्मा घिमिरे , दोस्रो हुने कविता परियार, तेस्रो हुने रुपा घिमिरे र सान्त्वना स्थान हासिल गर्ने अर्जुन गैरे लाई नगद, प्रमाणपत्र , खादा सहित सम्मान गरिएको थियो ।
बिगत का बर्ष मा जस्तै यो बर्ष पनि झुमादेबी युवा कल्ब ले साउने सक्रान्ती अवसर मा आयोजना गरिएको सो कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियोे ।
कल्ब अध्यक्ष देब बहादुर जिसी ले अध्यक्षता गरेको उक्त कार्यक्रम , कल्ब कि सदस्य मनिषा बेल्वासे को संचालनमा सम्पन्न भएको छ ।