धनकुटा रुटमा चल्ने बस चढाउन एक आफन्त लिएर आएका लिम्बुवान परिषद धरान नगरसमितिका सदस्य सुरेन लिम्बु संग सामान्य विवाद भए पछि झडप भएको थियो । झडपमा परिषद कार्यकर्ता नरेश लिम्बु, राजु लिम्बु, यातायात मजदुर काउण्टरका जनक लिम्बु घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ । परिषदका सुनसरी अध्यक्ष डम्बर खजुमका अनुसार नरेश लिम्बु र उनका आफन्त बस चढ्न भानुचोक आइपुग्ना साथ यातायात मजदुरहरुले तानातान गरेपछि विवाद भएको हो ।
विवादपछि वार्ता गरेर समस्या समाधान गर्न परिषदको कार्यालयमा भेला भइरहेको बेला एक्कासी यातायात मजदुरहरुले परिषदको कार्यालय तोडफोड गर्न उत्रिए पछि प्रतिकारमा कट्टी हानाहान भएको खजुमले बताए । यातायात मजदुर संगठनका धरान इकाइ अध्यक्ष तारा शाक्यले भने टिकट नकाटी बसमा चढ्न खोजे पछि उत्पन्न विवाद पछि काउण्टरका कर्मचारीलाई अपहरण गरेर लगेकाले रिहा गर्न परिषद कार्यालयामा जाँदा झडपको रुप लिएको बताइन् ।



