अर्घाखाँचीः खेतीयोग्य जमिन ४५ हजार हेक्टरः १२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्यो (तस्बिर सहित )

imagesimages

 

गोपाल प्रसाद भट्टराई

अर्घाखाँची  – अर्घाखाँचीमा १२ हजार ७ सय ३ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको पाइएको छ ।

Nepal life insurance

जिल्लाको कुल १ लाख ९९ हजार ३ सय हेक्टर क्षेत्रफल मध्ये ४५ हजार ७ सय १२ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १२ हजार ७ सय ३ हेक्टरमा सिंचाई सुविधा पुगेको हो । जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले आफ्नो बार्षिक प्रगति सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।

May be an image of 9 people and text that says "बर्षधिको अधर शिवायमा रुपार आर्थिंक वर्ष 수029 05ㄹ का वार्षिक प्रगति समीक्षा कार्यत्रम মিমি จิอร श्रावण शावয়ा स्यान: राड मरेषटर हटन त शिरवार नि मनिएणई- मयंयवी आयोजक अलस्ोत થ सिवाड़ पिकास दिनिज મी O. VER ERE"

बिहिबार सन्धिखर्कमा एक कार्यक्रम गरि बार्षिक समिक्षा गरेको यो कार्यालयले आर्थिक बर्ष २०८१÷०८२ को आर्थिक तथा भौतिक प्रगति प्रस्तुत गर्दै सरोकारवालाबाट सुझाव समेत संकलन गरेको छ ।

May be an image of 16 people and table

कार्यालय प्रमुख भेषराज भुसाल र सुचना अधिकारी रामजी भट्टराईको सहजीकरणमा सम्पन्न कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले गत बर्ष ८६ दशमलव १५ प्रतिशत आर्थिक र ९७ दशमलव ९९ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ

May be an image of 5 people, people studying, chess and text

कार्यालयले गत बर्ष १ सय ३३ वटा सिंचाईका योजनामा बजेट प्राप्त गरेकोमा ८ वटा योजना कार्यान्वयन गर्न नसकेको बताइएको छ ।

May be an image of 6 people, dais and text that says "3nι: മമനി ကူပ်ထ 3IUR: आधार.सिंवाइनास सिवाइमा सुधार क वर्ष २०5१/ ㅅ को कप्रगतिसमीक्षाकारक्कम प्रगति समीक्षा कार्रक्रिम नितি: पावणा बने बषदुर एमरेट बोटन प्रा.मि. सनिि जंबी ्ोजक जलस्षोत निয়েत कार्यालय THE"

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले जिल्लाका सबै कार्यालयहरूले बार्षिक समिक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 8 people, dais and text

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सबै कार्यालयलाई बार्षिक कार्ययोजना बनाउन, बेरुजु फस्र्यौटमा ध्यान दिन र कामको गुणस्तर र समय अवधिको ख्याल गर्न मातहतका निकायलाई निर्देशन गर्नुभएको छ ।

May be an image of 16 people and table

कार्यक्रममा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा, शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल, मालारानी गाउँपालिका प्रमुख दलबहादुर भट्टराई, पाणिनी गाउँपालिका प्रमुख टेकराज न्यौपाने र छत्रदेव गाउँपालिका प्रमुख चन्द्रमान श्रेष्ठ लगायत जिल्ला स्थित राजनितिक दल, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

May be an image of 8 people, people studying and text

कार्यक्रमकै अवसरमा कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिलाई सम्मान समेत गरेको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु