काठमाडौ – नेपाली कांग्रेस र त्यसका भातृ संगठनहरुले स्वर्गीय वीपी कोइरालाको ९८ औं जन्म जयन्ती मुलुकभर विभिन्न कार्यक्रमहरु गरी मनाउँदैछ ।
राष्ट्रियता,प्रजातन्त्र र समाजवादका प्रवर्तक नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको जन्मजयन्तीका अवसरमा सुन्दरीजलस्थित वीपी संग्रालहयमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.स. १९७१ मा आजकै दिन वीपीको जन्म भएको थियो ।
१ सय ४ वर्षे राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गराउन सफल वीपी २०१५ सालमा भएको आम निर्वाचनबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि कु गर्दा वीपी लामो समय जेल बसेका थिए ।