अर्घाखाँची: विशेषज्ञ डाक्टर सहितको सेवा बिस्तार

imagesimages

 

-कृष्ण परियार , सन्धिखर्क ।

अर्घाखाँची अस्पताल सन्धिखर्कमा नयाँ सेवाहरु थप गरिएको छ । पछिल्लो समय जिल्ल्लाबासिको मन जित्दै आइरहेको अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवाहरु थप गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले बताए ।

Nepal life insurance

बिरामीको अवस्थालाई मध्यनजर गर्दै हाल अस्पतालमा दैनिक रूपमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुजन शर्माबाट बिरामीको चेकजाँच साथै अप्रेसन सेवा तथा विशेषज्ञ डाक्टर अनुपकुमार गुप्ताबाट दैनिक रूपमा हाडजोर्नी विशेषज्ञ सेवा संगै अप्रेसन सेवा समेत उपलब्ध गराइएको प्रमुख तिवारीले बताए ।

साथै अस्पतालले मुटुको भिडियो एक्स रे इको (Echo) सेवा ,रंगिन भिडियो एक्स रे सेवा,आखाको उपचार सेवा,एम डि जि पि विशेषज्ञ बाट ओपिडिमा नसर्ने रोगको उपचार सेवा थप गरिएको छ । साथै अस्पतालले आगामी दिनहरुमा डाइलासिस सेवा,इन्डोस्कपी (Endoscopy) सेवा थप गर्ने र विशेषज्ञ तथा ल्याब सेवालाई बिस्तार गर्ने योजना रहेको एम डिजिपी विशेषज्ञ डाक्टर पवन कुमार शाहले बताए ।

२०४५ सालमा स्थापना भइ १५ बेड क्षमतामा संचालनमा आएको अस्पतालमा हाल प्रदेश सरकारको प्रस्तावित ५० बेड क्षमतामा स्वास्थ सेवा प्रदान गरिने भनेपनी हाल अस्पतालले ६१ वटा बेड संचालन गरि बिरामी हरुलाइ सेवा प्रदान गर्दै आइरहेको छ ।

images

११ औ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ६६ जनाको स्वीकृत दरबन्दी भएपनी अहिले अस्पतालमा स्थायी,समिति करार,दरबन्दी करार,छात्रवृत्ति करार,अन्य कार्यक्रम करार र NSI करार गरि १०१ जना कर्मचारी रहेका छन् ।जसमध्ये २ जना अध्ययन बिदामा रहेकोे सुचना अधिकारी निम रानाले बताए ।

images

अस्पताल प्रमुख डाक्टर तिवारिका अनुसार अस्पतालको ब्याबस्थापन तथा संगठन सर्बे नहुदा प्रस्तावित अस्थाई दरबन्दीमा संचालन गर्नुपरेको,अस्पतालको भवन जिर्ण रहेको,विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको ,भवन निर्माण प्रक्रियामा ढिलाइ भएको,ब्लड बैंक नहुदा निशुल्क रुपमा रक्तदान सेवा प्रदान गर्न नसकिएको जस्ता समस्याहरुका कारण सोचजस्तो सेवाहरु प्रदान गर्न नसकिएको हो ।

images

अस्पतालमा दैनिक रुपमा २०० देखि ३५० जना सम्म बिरामीहरुलाइ चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा,अन्तरङग सेवा, बहिरंग सेवा,रेडियोलोजि सेवा,प्रयोगशाला सेवा, फार्मेसी सेवा लगायतका अन्य सेवाहरु संचालन गर्दै आएको छ ।

 

Nepal life insurance