सन्धिखर्कमा स्मृतिसभा गरि मनाइयो शहीद शोभाखर धनञ्जयको ३९औं स्मृति दिवस (तस्बिर सहित )

imagesimages

 

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

भाद्र–१२, अर्घाखाँची शहीद शोभाखर धनञ्जय (सरोज शर्मा)को ३९औं स्मृति दिवसको अवसरमा बुधबार सन्धिखर्कमा श्रद्धाञ्जलि सभा गरीएको छ । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्क मसाल बजारमा सम्पन्न स्मृतिसभामा सहभागी नेताहरूले स्व. धनञ्जयको क्रान्तिकारी योगदान, साहस र निष्ठालाई स्मरण गर्दै वर्तमान पुस्ताका लागि उहाँ प्रेरणाको श्रोत रहेको बताएका छन् ।

Nepal life insurance

नेकपा(मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालको अध्यक्षता र राष्ट्रिय जनमोचाका जिल्ला अध्यक्ष थम्म्मन के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., जिल्ला सदस्य कृष्ण खनाल, शालिकराम बन्जाडे, स्थानिय नेता शोभाखर भुसाल, कृष्ण बहादुर आले, जनक पून, तुल्सी गैरे, सिद्धि भट्टराई, राम प्रसाद पन्थी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । “शोभाखर धनञ्जयले आत्मकेन्द्रित जीवन नरोजेको, उहाँ जनताको पक्षमा उभिएकोले आज पनि धनन्जयको योगदान सम्झना योग्य रहेको नेताहरुले बताएका छन् ।

May be an image of 11 people, temple and text

कार्यक्रममा धनञ्जयको तस्वीरमा माल्यार्पण, पुष्प अर्पण, एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । वि.सं. २०४३ साल भदौ ११ गते दिल्लीमा रहस्यमय तरिकाले हत्या गरिएका धनञ्जय तत्कालीन नेकपा (मसाल) र प्रगतिशिल पत्रकार, लेखक तथा विचारशील कार्यकर्ता रहेको नेताहरुले बताएका छन् । उहाँले ’हाँक साप्ताहिक’ मार्फत गरिब, मजदुर, उत्पीडित वर्गको आवाज बुलन्द गरेको उनिहरुको भनाई छ । यसैविच  शहिद शोभाखरको ३९औ स्मृति दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीले पनि सन्धिखर्कमा सम्झना सभा गरेको छ ।

May be an image of 11 people and text

स्मृति सभालाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य राजेन्द्र नेपालीले शहिद सरोज शर्माले देश र जनताको  मुक्तिको लागि गरेको बलिदान नेपाली जनताले भुल्न नहुने बताउनुभएको छ ।

May be an image of 15 people and text

शहिदले देखाएको बाटोमा हिँड्नु र शहिदको सपनालाई साकार पार्ने गरि काम गर्नु नै सच्चा सम्मान हुने भन्दै जिल्ला सेक्रेटरी समेत रहनुभएका नेता नेपालीले शहीदका सपना पूरा गर्न सशक्त संगठन निर्माण र विचार सुदृढीकरणमा लाग्ने उद्घोष गर्नुभएको छ ।

May be an image of 1 person and text that says "कर さ सन्वय"

कार्यक्रममा शहिद सरोज शर्माका माइला भाइ गिरि प्रसाद भुसालले सम्बोधन गर्दै दाजु धनन्जयलाई राज्यले आधिकारिक सहिद घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ । पिताम्बर भट्टराईको अध्यक्षता, बुद्धि गैरेको स्वागत मन्तव्य र कमल भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक नेता दलबहादुर खत्री, महिला नेतृ मिना के.सी., सहिद सरोजको छोरी इन्दिरा भुसाल र भाइ बुहारी शारदा भुसालको आथित्यता रहेको थियो ।

May be an image of 11 people and text

सरोज शर्माले पञ्चायती व्यवस्थाको अन्त गरेर नयाँ जनबादी क्रान्ति गर्दै समाजवाद र साम्यवादमा पुग्ने कार्यदिशाको पक्षमा काम गर्दा २०४३ साल भाद्र ११ गते दिल्लीको बेला रोडमा तीज कार्यक्रममा पत्रिका बाँडेर घर फर्कदा सहिद शर्माको हत्या भएको जानकारहरुले बताउने गरेका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु