– कृष्ण खनाल
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख प्रेम सुवालले डा.बाबुराम भट्टराइ नेतृत्वको सरकार भारतिय विस्तारवादको चाहनामा बनेको दावी गरेका छन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनीद्वारा बिहिबार बुटवलमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एकिकृत नेकपा माओवादी र मधेसी मोर्चा बिच भएको सहमति त्यसैको परिणाम भएको जिकिर समेत गरे ।
पुनः थप गरिएको समयभित्र पनि नया संविधान बन्ने र शान्ति प्रकृया टुङ्गोमा पुग्ने सम्भावना अति कम भएको बताउदै नेमकिपा नेता सुवालले शान्ति प्रकृया र संविधान लेखन प्रकृया सगसगै लैजान पर्नेमा जोड दिए।
१० हजार मधेसी युवाहरुलाई सामुहिक रुपमा नेपाली सेनामा भर्ना गर्ने कुरा जायज नभएको बताउदै उनले माओवादी लडाकुहरुको पनि समुहगत प्रवेश स्वीकार्य नहुने प्रस्ट्याए ।
एमाओवादी र मधेसी मोर्चा बिचको सहमति पश्चात माओवादी र मजदुर किसान पार्टी बिचको सम्बन्धमा थप चिसो पन आएको स्मरण गर्दै उनले संविधानसभाको म्याद सकिने बेला प्रधानमन्त्री भट्टराइको राजीनामा मागीने चेतावनी दिए।