जेनजी पुस्ता अर्घाखाँचीको अगुवाईमा बागी खोला सफाई अभियान सुरु (तस्बिर सहित )

 

imagesimages

 

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची  ।

असौज–२६,अर्घाखाँची जेनजी पुस्ता अर्घाखाँचीको अगुवाईमा बागी खोला सफाई अभियान सुरु भएको छ ।

सन्धिखर्कको मुटुमा रहेको बागीखोलामा थुप्रिएको फोहोरको डङ्गुरले शहरनै कु–रुप बनेको भन्दै जेनजी अर्घाखाँचीले शनिबारदेखि खोला सफाई अभियानको सुरुवात गरेका हुन् ।

May be an image of ‎one or more people and ‎text that says "‎4制 निम्मेबुरी की लिने पद दोडने वोडने??? ברך‎"‎‎

पहिले–पहिले कन्चन बग्ने खोला तथा त्रिवेणी धाममा मानिसहरु स्नान गर्ने र पौडी खेल्ने जस्ता गतिविधि गर्ने ठाउँ अहिले फोहोरले भरिंदा नाक थुनेर हिड्नुपर्ने अवस्था आएको जेनजीको भनाई छ ।

May be an image of one or more people and text that says "cEn CEPR MAMLTA ONS GENB अघराँ अर्घारवाचीदारा चीदारा सससकाई फाई कार्यक्रम"

जेनजी अर्घाखाँचीका सम्पर्क व्यक्ति भगवत भुसालको नेतृत्वमा आयोजित बागीखोला सफाई अभियानको पहिलो दिन शनिबार बागीखोला र त्रिवेणीधाम परिसरमा युवाहरुले सरसफाई गरेका छन् ।

May be an image of one or more people and text that says "GEN GENR अर्चरवाचीदारा सरसकाई सरसकाई कार्यक्रम"

वाताबरणिय स्वच्छता र सुन्दरता कायम राख्न आफैबाट सुरु गर्ने र समाजमा सचेतना फैलाउने उद्देश्यका साथ अभियान थालिएको सम्पर्क व्यक्ति भुसालको भनाई छ ।

May be an image of one or more people, boat and text

शनिबारबाट सुरु भएको यो अभियानलाई निरन्तरता दिने र वातावरणीय स्वच्छता कायम राख्न र अन्य सामाजिक काम गर्न नियमित लाग्ने प्रतिवद्धता समेत जेनजीहरुले व्यक्त गरेका छन् ।

May be an image of one or more people and text

सफाई अभियानमा सहभागी जेनजीहरूले खोलामा फालिएका फोहरहरू संकलन गरी व्यवस्थापन गरेका छन् ।

May be an image of one or more people and text

जेनजी अर्घाखाँचीको एक समूहले केही दिन अगाडि सन्धिखर्क बजार एरियामा रहेका सडकका खाल्डा–खुल्डी पुर्ने र सडक सफाई गर्ने कार्य समेत गरेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु