सन्धिखर्क स्वास्थ्यशाखाको कार्यसम्पादन मूल्याकंनः डिभर्ना उत्कृष्ट, द्धितिय वाङ्गला र तृतिय खाँचिकोट

imagesimages

 

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

असौज–२७,अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क–११ को डिभर्ना स्वास्थ्यचौकी नगरभित्र उत्कृष्ट भएको छ । सन्धिखर्कभित्रका १२ वटा स्वास्थ्यचौकी मध्ये गत आर्थिक बर्ष २०८१÷०८२ को कार्यसम्पादनमा डिभर्ना स्वास्थ्यचौकी पालिकाकै उत्कृष्ट बन्न सफल भएको हो ।

May be an image of text

सन्धिखर्क–स्वास्थ्य शाखाको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष २०८१÷८२ को पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्यचौकी डिभर्नालाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको छ ।

May be an image of one or more people and text

स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा स्वास्थ्यचौकी तर्फ डिभर्नाले उच्चतम अंक प्राप्त गरेर प्रथम भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभएको छ ।

May be an image of one or more people, dais and text

सोहि अनुसार सन्धिखर्क–४ को वाङ्गला स्वास्थ्यचौकी दोस्रो र सन्धिखर्क–७ को खाँचिकोट स्वास्थ्यचौकी तेस्रो हुन सफल भएका छन् । कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका तिनवटै स्वास्थ्यचौकीका प्रमुख र वडाध्यक्षलाई सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

May be an image of one or more people and dais

समिक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले उत्कृष्ट भएका स्वास्थ्य संस्थाबाट अन्य स्वास्थ्य संस्थाहरुले सिक्नु पर्ने बताउनुभएको छ ।

May be an image of dais and text

साथै दिर्घरोगीले नियमित सेवन गर्ने औषधिको समयमै आपुर्ति गर्नपनि उहाँले स्वास्थ्यशाखाको ध्यानाकर्षण गराउनुभएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम, विभिन्न वडाका अध्यक्षहरु, सन्धिखर्कभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको समेत उपस्थितिमा गरिएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले सन्धिखर्क नगरपालिकाको स्वास्थ्यसेवा र त्यसबाट सिर्जित परिणाम सकरात्मक र नकरात्मक सुचक समेटिएको गत तिन बर्षका तथ्याकंको आधारमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of one or more people, people studying, dais and text

कार्यक्रममा बोल्दै उहाँले आफ्नो जिम्मेवारीको नियमित काम सबैले गरेपनि व्यवस्थित रुपमा निर्धारित समय भित्रै तोकिएका सूचकहरु पुरा गर्ने संस्थानै उत्कृष्ट हुने भएकोले सबैले राम्रो कामको सिको गर्नुपर्ने बताउनुभएको छ ।

May be an image of ‎studying, television and ‎text that says "‎पॉँच व मुनिका नवजात शििश तथा बाल रोगको व्यवस्थापन सेवा (IMINCI) तिएका प्रति हजार ातवातिकार्की सखा اعده w.け 无m.号 WAEY សមរ្ Puas =2079/80 #2aB011 =208182‎"‎‎

जनस्वास्थ्य निरिक्षक प्रकाश परियारको सहजीकरणमा सम्पन्न कार्यक्रमका सहभागीले विपद् र महामारी लगायतका समयमा स्वास्थ्यकर्मीले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु