अर्घाखाँची: रेबिज नियन्त्रणमा सरोकारवालाको चासो: एकदिनमै ६२ वटा सामुदायिक कुकुरलाई रेविज विरुद्धका खोप दिइयो ( तस्बिर सहित )

imagesimages

 

 गोपालप्रसाद भट्टराई , अर्घाखाँची ।

असौज-२९,अर्घाखाँची  – अर्घाखाँचीको सन्धिखर्कमा ६२ वटा सामुदायिक कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ ।

May be an image of one or more people

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा फिल्डमै पुगेर सामुदायिक कुकुर उपचार कार्यक्रम अन्तरगत ति कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाउनुका साथै छाला सम्बन्धि उपचार समेत गरिएको छ ।

May be an image of one or more people, hospital and textNepal life insurance

जिल्ला अस्पताल परिसरबाट सुरु गरिएको खोप तथा उपचार अभियान सन्धिखर्क, चुत्राबेसी र आसपासका क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई खोजेर भ्याक्सिन सहितको उपचार गरिएको सन्धिखर्क नगरपालिकाका पशुचिकित्सक डा.नविन पन्थीले जानकारी दिनुभएको छ । ६२ वटा सामुदायिक कुकुरलाई भ्याक्सिन र उपचार निशुल्क गरिएको हो । पछिल्लो समय बजारमा सामुदायिक कुकुरको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।

May be an image of one or more people and hospital

यिनलाई नियमित खोप दिने र रेविज नियन्त्रणमा टेवा पुर्याउने उदेश्यले यो कार्यक्रम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले रेविज नियन्त्रण र कुकुरको हितका निम्ती भ्यासिनेसन र उपचारको कार्यलाई अभियानकै रुपमा नियमित गर्ने बताउनुभएको छ ।

images

May be an image of one or more people, street and text that says "自。 ปาร C LIM Nceli निदीन निदानंडेण्टल डेण्टल"

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.प्रवेश सिंह कुवँर, सन्धिखर्क नगरपालिकाका पशुचिकित्सक डा. नविन पन्थि, पशु स्वास्थ्य अधिकृत बुद्धि गौतम, पशु सेवा विज्ञ केन्द्रका डा. हकिकत अली, प्राविधिक राजकुमार नेपाली लगायत अन्य प्राविधिक सहितका जनशक्तिको सहभागिता रहेको थियो ।

images

May be an image of ambulance and text

May be an image of one or more people and text

images

Nepal life insurance