बैद्य पक्षद्धारा संसदमा बिपा सम्झौताको विरोध

७ कार्तिक, काठमाडौं । सत्तारुढ एकीकृत नेकपा माओवादीको मोहन बैद्य किरण पक्षले व्यवस्थापिका संसदमै सरकारले भारतसँग गरेको द्धिपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता बिपाको विरोध छ ।

सोमबार बसेको संसदको बैठकमा माओवादी सभासद एकराज भण्डारीले बिपा सम्झौता राष्ट्रहितमा नरहको बताउनु भयो । शान्ति र संविधान निर्माण प्रक्रिया पूरा नभइसकेको अवस्थामा जुनसुकै बेला राजनीतिक आन्दोलन हुन सक्ने भन्दै उहाँले उद्योग बन्द हुँदैमा क्षतिपूर्ति दिनु पर्ने प्रावधानसहितको बिपा सम्झौता राष्ट्रहितमा नरहेको बताउनु भयो ।