काठमाडौं १६ कात्तिक शीर्ष तीन दलका नेताहरुबीच आज शान्तिप्रक्रिया टुंग्याउने विषयमा महत्वपूर्ण निर्णय भएको छ । मधेसी मोर्चासहित तीन दलका शीर्ष नेताहरुबीच शान्तिप्रक्रिया टुंग्याउने सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा माओवादीका ६ हजार ५ सय लडाकुलाई समायोजन गरिने सहमति भएको छ ।
यसैगरी समायोजनमा जाने लडाकुहरुले व्याक्तिगत मापदण्ड पुरा गर्नुपर्ने र सेनामा मेजर पद सम्ममा समायोजन गर्न सकिने बताइएको छ । यसैगरी पुनस्र्थापनामा जान चाहने लडाकुहरुलाई ५ देखि ८ लाख रुपैयाँसम्म दिन पनि दलहरु सहमत भएका छन् ।
यता यो सहमतिप्रति माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षले भने असन्तुष्टि जनाएको छ । वैद्यपक्षले पार्टी निर्णय विपरित सहमति भएको भन्दै भोली यसबारे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
सहमतिपत्र जस्ताको तस्तै
शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुयाई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ः
१। माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना
क० शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ ।
ख० समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० ९छ हजार पाँचसय० सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास



