अर्घाखाँची: कुपोषण र रक्तअल्पता न्युनिकरणको लागि हातेमालो गर्ने निष्कर्ष सहित पोषण विशेष समिक्षा कार्यक्रम सम्पन्न (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई ।

 अर्घाखाँची – कुपोषण र किशोरी रक्तअल्पताको समस्या न्युनिकरण तथा निराकरणको लागि हातेमालो गर्ने निष्कर्ष सहित पोषण विशेष कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

मंसिर ९ गतेबाट सुरु भएको समिक्षा गोष्ठी बिहिबार सकिएको हो । कार्यक्रमको समापनशत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पोषणको अवस्था सुधार गर्न सबैको समन्वय र प्रभावकारी कार्यक्रमको खाँचो औल्याउनुभएको छ । सबैको हातेमालोबिना यस्ता अभियान सफल नहुने भन्दै प्रजिअ सुवेदीले सबैपक्षसंग समन्वय गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गर्नुभएको छ ।

May be an image of one or more people and text

जिल्लाका ६ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, पोषण कार्यक्रमका फोकल पर्सन र सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारीलेपनि मन्तव्य राख्नुभएको थियो ।

May be an image of text

कार्यक्रममा पालिकातहमा गत आर्थिक बर्षमा सम्पादन गरिएका पोषण समबन्धि गतिविधि, पोषणको अवस्था, आगामि कार्यक्रम र नविनतम प्रयासको बारेमा ६ वटै स्थानिय तहका स्वास्थ्यशाखाप्रमुखबाट प्रस्तुती गरिएको थियो । ६ वटै पालिकाको प्रस्तुतीसंगै आएका जिज्ञासाको जवाफ सहित स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of one or more people, people studying and text

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पोख्रेलका अनुसार जिल्लामा अझैपनि कुपोषण र किशोरी रक्तअल्पता जस्ता समस्या विद्यमान रहेको पाइएको छ । यिनको निराकरणको निम्ती कुपोषित व्यक्तिको खोजपडताल कार्यक्रमलाई निरन्तरता दिने, गर्भवती र सुत्केरी पोषणमा सुधार गर्ने, पोषण शिक्षा सचेतना कार्यक्रम सन्चालन गर्ने जस्ता प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको छ ।

May be an image of one or more people, people studying and text

विद्यालय स्वास्थ्य र पोषणका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र पोषणमैत्री स्वास्थ्य संस्थाको घोषणा गर्न पहल गर्ने जस्ता कार्यक्रमलाई अगाडि बढाउनेपनि गोष्ठीले निर्णय गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पोख्रेलको भनाई छ ।

May be an image of clothes iron

कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पोख्रेल सहित जनस्वास्थ्य अधिकृत यमुना मरासिनी र गणेशराज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु