विपन्न नागरिकलाई जाडोमा निःशुल्क ब्ल्याङ्केट वितरण (तस्बिर सहित )

imagesimages

 

-नविन वि.क , अर्घाखाँची ।

मालारानी बराली सेवा समाजले जाडोे मौसममा चुनौती भोगिरहेका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क ब्ल्याङ्केट वितरण गरेको छ ।

May be an image of one or more people, dais and text

सेवा समाजले शनिबार एक कार्यक्रमको आयोजना गर्दै मालारानी गाउँपालिका–१ र २ का करिब ३६ घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो । संस्थाले विगतदेखि नै गरिब, अशहाय, बेसहारा तथा अशक्त नागरिकको सेवा–सहयोगमा निरन्तर काम गर्दै आएको छ ।

May be an image of one or more peopleNepal life insurance

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवन बिश्वोकर्माले भने—“जाडोमा सबैभन्दा धेरै समस्या विपन्न परिवारले भोग्नुपरेको छ । यस्तो अवस्थामा समुदायबाटै हात बढेर सहयोग पुग्नु ठूलो कुरा हो ।

May be an image of one or more people and wedding

मालारानी बराली सेवा समाजले गरेको यो पहल अत्यन्तै सराहनीय छ, यसले मानवताप्रति हाम्रो जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिन्छ ।” कार्यक्रममा भोट बहादुर बिश्वकर्मा, जनक बिश्वोकर्मा, श्याम बिश्वोकर्मा, पुर्ण बिश्वोकर्मा, हेमराज बिश्वोकर्मा, राम बिश्वोकर्मा र रुक बहादुर बिश्वोकर्माको अतिथ्यता रहेको थियो ।

मालारानी बराली सेवा समाजका अध्यक्ष महेन्द्र विश्वकर्माले सेवा समाजको सानो प्रयासले विपन्न परिवारले जाडोमा न्यानो महशुस गरुन् भन्ने अपेक्षा व्यक्त गरे । उनले सेवा समाजले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताए ।

May be an image of one or more people

कार्यक्रममा अतिथि श्याम बिश्वोकर्मा, अतिथि भोट बहादुर बिश्वोकर्मा साथै संस्थाका सचिव राम बिश्वोकर्मा र अन्य पदाधिकारीहरूले पनि आफ्नो मन्तव्य राख्दै यस्ता सामाजिक कार्यले समुदायमा आपसी सहयोग र एकताको भावना अझ बढाउने बताए ।

May be an image of one or more people, dais and text

मालारानी बराली सेवा समाजले आगामी दिनमा सहयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ । कार्यक्रमको संचालन सेवा समाजका अध्यक्ष महेन्द्र विश्वकर्माले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सेवा समाजका उपाध्यक्ष भरत बिश्वोकर्माले गरेका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु