आसन्न प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा अर्घाखाँचीको उम्मेद्धारमा भुसाल निर्विकल्प (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची । 

मंसिर–१४, अर्घाखाँची –  अर्घाखाँची आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको उम्मेद्धार सभापति हरी प्रसाद भुसाल निर्विकल्प हुनुहुनेभएको छ ।

शनिबार सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले आयातित उम्मेद्धारको खाँचो नभएको र सभापति भुसालको विकल्प नभएको निष्कर्ष निकालेपछि आसन्न निर्वाचनमा रास्वपाको उम्मेद्धार भुसाल हुनुहुनेभएको हो ।

No photo description available.

जिल्लामा पार्टीको जग हाल्नेदेखि अहिलेको अवस्था सम्म ल्याउन सभापति भुसालको त्याग र लगानी अमुल्य रहेकोले निर्वाचनको बखत आयातित उम्मेद्धारको खोजीमा नलाग्ने बैठकका प्रतिनिधिहरुको तर्क रहेको थियो ।

May be an image of one or more people and people studying

जिल्लाका ६ वटै पालिका र विभिन्न वडाबाट अगुवा नेता तथा कार्यकर्ताको सहभागीतामा बैठक सम्पन्न भएको हो ।

images

May be an image of dais and text

केन्द्रीय प्रतिनिधि विशाल भण्डारीको विशेष उपस्थितिमा सम्पन्न बैठकबाट सभापति हरिप्रसाद भुसालको सांगठानिक र राजनितिक प्रतिवेदन तथा कोषाध्यक्ष पिताम्बर सेजवालको आर्थिक प्रतिवेदन  पारित गरिएको रास्वपाले जनाएको छ ।

images

May be an image of one or more people and text that says "जिल राष्ट्रिय स्वतन्त्ा पा ख्ाँचीको च विस्तारीत बैट શ०८ अर्घाखांची"

वैठकले रास्वपा पुर्व प्रदेश सदस्य दिनेश सुनारलाई रिक्त रहेको प्रदेश सदस्यमा पुन पठाउने सर्वसम्मत निर्णय गरेको छ । बैठकले नेता सुनारले पेश गर्नुभएको संवादयात्राको प्रस्तावलाई सर्वसम्मत पास गरेको छ । रास्वपाले अब जनतासंग भेटघाटकोे लागि गाउँ जाने निर्णय गरेको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

images

May be an image of one or more people and text

पालिका सभापतिहरु मध्येबाट सन्धिखर्क सभापति राजु खड्का, शितगंगा सभापति कमल पौडेल, छत्रदेव सभापति शंकर भुसाल, काठमाण्डौ सम्पर्क विभाग प्रमुख सीता पराजुली सहितका नेताहरुले रिपोर्ट प्रस्तुत गर्नुभएको बैठक सभापति हरिप्रसाद भुसालको अध्यक्षता र सह–सचिव चिरन्जिवी सुनारको संचालनमा सम्पन्न भएको हो ।

 

Nepal life insurance

Nepal life insurance