मंसिर–१४,अर्घाखाँची।
अर्घाखाँची – नेकपा एमालेको आसन्न ११औं महाधिवेशनको लागि अर्घाखाँचीबाट १३ जना प्रतिनिधिको टुङ्गो लागेकोछ । सर्वसहमत छनौंट गर्न नसकेपछि प्रतिनिधि छनौंटको लागि शनिबार सम्पन्न निर्वाचनले प्रतिनिधि छनौंट गरेको हो ।
१३ जनाको लागि १७ जनाको उम्मेद्धारी परेकोमा ३ जना सर्वसहमत भएपनि १० जनाको लागि ६ वटै पालिकामा भएको चुनावको गएराती परिणाम आएको हो ।
जम्मा खसेको ३ हजार ६ सय ५० मतको परिणाम अनुसार जिल्ला अध्यक्ष पिताम्बर भुसाल प्रतिनिधिमा निर्वाचित हुँदा प्रदेशसभा सदस्य रामजी घिमिरे भने पराजित हुनुभएको छ । निर्वाचनबाट महाधिवेशनको लागि छनौंट हुनेमा नेताहरु शम्भु प्रसाद पोख्रेल, रेसम थापा, बसन्त कूमार श्रेष्ठ, तेज प्रसाद खनाल र कमल प्रसाद घिमिरे रहनुभएको छ ।
प्रदेशसभा सदस्य रामजी घिमिरे सहित नेताहरु प्रेम नारायण गैरे र श्रीकृष्ण भुसाल पराजित हुनुभएको छ । यस्तै महिला तर्फ दिपा आचार्य, शुस्मा श्रेष्ठ, लक्ष्मी गौतम, बिष्णुमाया आचार्य निर्वाचित हुँदा गिता भाट क्षेत्री पराजित हुनुभएको प्रमुख निर्वाचन अधिकृत के.वि.भुसालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार भूगोल खुल्ला युवा तर्फ एमाले सचिव तोज बहादुर रायमाझी विधान, भूगोल खुल्ला दलिततर्फ लिल बहादुर वि.क. र आशा परियार भने सर्वसहमत प्रतिनिधि छनौंट हुनुभएको हो ।