संविधानसभाको म्याद थपबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

`काठमाडौं, ८ मंसिर संविधानसभाको म्याद थपबारे सरकारले थालेको प्रक्रियाको बारेमा छलफल नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

सिंहदरबारमा दिउँसो ४ बजे बस्ने बैठकमा सरकारको नियमित कामकारबाही बारेको छलफल र मन्त्रालय तथा अन्य निकायमा सरुवाबढुवाको बारेमा समेत निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ ।
यसैबीच, प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अर्थमन्त्रालयको निरीक्षण गर्दै छन् । सिंहदरवारमा रहेका मुख्य मन्त्रालयहरुको निरीक्षण र निर्देशन दिने कार्यलाई निरन्तरता दिनेक्रममा प्रधानमन्त्रीले अर्थमन्त्रालयको निरीक्षण गर्न लागेका हुन् । बिहान ९ बजेपछि अर्थ मन्त्रालयका सचिव तथा अन्य कर्मचारीसाग भेटेपछि प्रधानन्त्रीले आवश्यक निर्देशन दिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।