



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
मंसिर–२५, अर्घाखाँची- अर्घाखाँची नेपाली कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीको एकता सन्देश सभा बुधबार सन्धिर्कमा सम्पन्न भएको छ ।

माओवादी केन्द्र र एकिकृत समाजवादी सहितका दर्जनबढि दलहरुको केन्द्रमा एकिकरण भई नेकपा बनेपछि अर्घाखाँचीमा पनि यो पार्टीको एकतासभा भएको हो । केन्द्रमा एकतामा जोडिएका दलमध्ये अर्घाखाँचीमा माओवादी केन्द्र र एकिकृत समाजवादी मात्रै राजनितिक रुपमा क्रियाशिल रहेका थिए ।


बुधबार सयौं नेता तथा कार्यकर्ताको सहभागितामा जिल्लामा यि दुई दलबिच एकताको सन्देशभा गरिएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका नेता तथा पूर्व मन्त्री डाक्टर बेदुराम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई एमाले अध्यक्ष ओलीले तहस नहस पारेको आरोप लगाउनुभयो ।

कम्युष्टि आन्दोलनको संरक्षण÷प्रबद्र्धन, देश र नागरिकको रक्षा एवं् मुलुकको समृद्धिका निम्ती अहिलेको एकता भएको उहाँको दाबी छ । पार्टी एकताको सन्देश कार्यकर्ता र नागरिकबिच पुर्याएर जनताको सहयोबाट पार्टीलाई मुलुकको बाग्डोरसम्म पुर्याउनुपर्नेमा नेता भुसालको जोड छ ।

कार्यक्रमका बिशिष्ट अतिथि नेता चक्रपाणी खनाल बलदेवले एकतृत पार्टी, सुदृढ संगठन, दिगो राजनीतिक दिशा–निर्देश, मुलुकको समृद्धि र जनताको पक्षमा काम गर्नुनै अहिले पार्टीको मुख्य अभिभारा रहेको बताउनुभएको छ ।

यस्तै अर्का नेता सुदर्शन बरालले नेपाली राजनितिका कमजोरीको पहिचान, समाधान, व्यक्तिवादको अहंकार, चाकडी र घमण्डपन सबैले त्याग्नुपर्नेमा जोड दिनुभयो ।


नेता ठाकुर कुमार वि.क.किशोरको अध्यक्षता, छमकुमारी खनाल चिनारीको स्वागत मन्तव्य र रामबहादुर चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेताहरु चन्द्रबहादुर खड्का उज्वल, शुशिला श्रीपाली, राजेन्द्र भुसाल, पिताम्बर भुसाल, पिताम्बर सारु लगायतको बिशेष आतिथ्यता रहेको थियो ।



