अर्घाखाँची: जिल्ला हुलाक अर्घाखाँचीले ४ महिनामा बाँड्यो ९ सय ९२ वटा चिठीः ३ लाख बढि राजश्व संकलन (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

पौष–०१,अर्घाखाँचीअर्घाखाँची जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले चालु आर्थिक वर्षको ४ महिनामा ९ सय ९२ चिठीपत्र वितरण गरेको छ । हुलाकले आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि कार्तिक मसान्तसम्म उक्त चिठीपत्र वितरण गरेको हो ।

May be an image of one or more people, hospital and textNepal life insurance

साउनमा ३ सय ९५, भदौमा ३ सय ३०, असोजमा १ सय ७८ र कार्तिकमा १ सय ६३ गरि साधारण तथा रजिष्ट्री चिठीपत्र वितरण गरिएको जिल्ला हुलाक अधिकृत भरत
सापकोटाले जानकारी दिनुभएको छ । पछिल्लो ४ महिनामा जिल्ला हुलाक अर्घाखाँचीले १ हजार ९ सय बढि चिठीपत्र निर्यात गरेको छ ।

May be an image of one or more people and text

हुलाक अधिकृत सापकोटाका अनुसार साउनमा सबैभन्दा धेरै १ हजार २१, भदौमा ५ सय ४३, असौजमा १ सय ९३ र कार्तिकमा १ सय १३१ गरि जम्मा १ हजार ९ सय ४५ वटा चिठीपत्र निर्यात भएका छन् । जसमा सबै रजिष्ट्री चिठीपत्र रहेका छन् ।

May be an image of one or more people, hospital, temple and text

हुलाकले यो अवधिमा १ सय ३० वटा चिठीपत्र फिर्ता पठाएको छ । सम्बन्धित व्यक्ति वा संस्थाले चिठी बुझ्न अस्विकार गर्दा, चिठी प्रापकको ठेगाना वा परिचय नमिल्दा र अन्य विभिन्न कारणले चिठी बितरण गर्न नसक्ने अवस्थामा प्रेषकको ठेगानामै चिठी फिर्ता पठाउने गरिएको जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी मदन भट्टराईले प्रष्ट पार्नु भएको छ ।

May be an image of hospital and text

चालु आ.ब.२०८२÷०८३ को ४ महिनामा जिल्ला हुलाक अर्घाखाँचीले ७ सय ९७ वटा समाचार पत्रिका बितरण गरेको छ । यस्तै ३० वटा पार्सलपनि वितरण गरिएको
कार्यालयका हेमनाथ मरासीनीको भनाई छ ।

May be an image of text

हुलाक अधिकृत सापकोटाका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा हुलाकले ३ लाख २९ हजार ५ सय ४६ रुपैंया राजस्व संकलन गरेको छ । हुलाक सेवा शुल्क
अन्तरगत टिकट बिक्रिबाट सबैभन्दा धेरै २ लाख ५८ हजार १ सय रुपैंया, काउण्टर अटोमेशनतर्फ ६८ हजार ४ सय २० रुपैंया र पार्सलबाट ३ हजार २६ रुपैंया संकलन भएको छ ।

May be an image of one or more people, temple, hospital and text

नेपाल सरकारको एक स्थानीय तहः एक हुलाक कार्यालयको अवधारणा बमोजिम अर्घाखाँचीका ६ मध्ये ५ वटा स्थानीय तहभित्र पालिका स्तरिय हुलाक कार्यालय सञ्चालनमा आएका छन् ।

May be an image of text

मुलुककै जेठो सञ्चारको बाहक बनेर आमनागरिकको सुचनाको माध्यम बनेको हुलाक अन्तरगत अर्घाखाँचीमा अहिले २० वटा अतिरिक्त, ५ वटा पालिकास्तरिय र १ जिल्ला गरि २६ स्थानबाट हुलाकसेवा प्रवाह हुँदै आएको हुलाक अधिकृत सापकोटाले बताउनुभएको छ ।

May be an image of one or more people, hospital and text that says "कषणूप 225 @ー号 WEFLD POSTA PUST "WualrlerieLoemeC GlobalReath" "+PostForPoople: orPoopleLoo Local |Service 949 औ विश्व हुलाक दिवस October 2025 मित: ၃၀၀၃ ६/२3 आय्योजक: जिल्ला हुलाक कार्यालया अघंबांची"

अतिरिक्त हुलाक २९ बाट घटेर अहिले २० वटा कायम भएका छन् भने यि मध्ये ६ वटामा एक जनामात्रै जनशक्तिले सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ । पालिकास्तरमा मालारानी र पाणिनी बाहेक भूमिकास्थान,शितगंगा र छत्रदेवमा हुलाकको आफ्नै भवन नहुँदा समस्या पैदा भएको छ । यस्तै जिल्ला हुलाक सहित
सबैक्षेत्रमा एउटा पनि कार्यालयको गाडि नहुँदा सेवाप्रवाहमा असहजता भइरहेको छ ।

May be an image of one or more people and text

हुलाक कार्यालयले रजिष्ट्री, दु्रत, साधारण चिठीपत्र, पार्सल, दर्ता,  चलान र डेलिभरी, राहदानी ढुवानी, पत्रपत्रिका दर्ता तथा नवीकरण, जिल्लामा सञ्चालित स्थानीय केबल प्रदायकको इजाजत नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने, ५०० वाटसम्मका एफ.एम.रेडियोको इजाजत नवीकरण गर्ने, सेवाग्राहीको आवश्यकतामा आधारित भएर पोष्टबक्स सेवा उपलब्ध गराउने, राष्ट्रिय सूचना आयोगको प्रत्यायोजित अधिकार अन्तर्गत रहेर सूचनाको हकको कार्यान्वयनको अवस्थालाई चुस्त बनाउने, सेवाग्राहीको माग बमोजिम टिकट बिक्री÷वितरण गर्ने कार्य गर्दै आइरहेको छ ।

May be an image of hospital and text

हुलाकले टिकटको माध्यमबाट नेपालका ऐतिहाँसिक सम्पदा तथा धरोहर, पर्यटकिय क्षेत्र र विशिष्ट व्यक्तिको चिनारी मार्फत मुलुकको सार्वभौमिकताको संरक्षण र प्रचार–प्रसार गरि पर्यटकिय विकासमा टेवा पुर्याउनुको साथै पार्सल र पुलिन्दाको भरपर्दो सेवा नागरिकलाई प्रदान गर्दै आइरहेको हुलाक अधिकृत सापकोटाको भनाई छ ।

थप तस्बिरः

May be an image of text

May be an image of one or more people, temple, hospital and text

May be an image of one or more people, hospital and text that says "कषणूप 225 @ー号 WEFLD POSTA PUST "WualrlerieLoemeC GlobalReath" "+PostForPoople: orPoopleLoo Local |Service 949 औ विश्व हुलाक दिवस October 2025 मित: ၃၀၀၃ ६/२3 आय्योजक: जिल्ला हुलाक कार्यालया अघंबांची"

Nepal life insurance

अन्य समाचारहरु