द डेली स्टारका सम्पादक भन्छन्- आभिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो

imagesimages

 

काठमाडौँ । बंगलादेशको मिडिया डेली स्टारका सम्पादक महफुज अनामले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको बारेमा चिन्ता अब अभिव्यक्ति स्वतन्त्रताको मागभन्दा बढी भएको बताएका छन् । द डेली स्टारको कार्यालयमा भएको आक्रमणपछि उनले यस्तो बयान दिएका हुन् ।

Nepal life insurance

बंगलादेशमा, विद्यार्थी नेता उस्मान हादीको हत्यापछि भएको हिंसामा दुई मिडिया संस्थाहरू, द डेली स्टार र प्रथम आलोको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

प्रथम आलोका अनुसार, द डेली स्टारको कार्यालयमा भएको आक्रमणको बारेमा बोल्दै महफुज अनामले कम्तिमा २६-२७ पत्रकारहरू छतमा फसेको र दमकल सेवालाई उनीहरूसम्म पुग्नबाट रोकिएको बताए ।

उनले भने- ‘हामीले सामाजिक सञ्जालमा देखेका छौं, मानिसहरूले द डेली स्टार र प्रथम आलोका पत्रकारहरूलाई उनीहरूको घरमा फेला पारेर मार्नुपर्छ भनिरहेका छन् ।’

घटनालाई ‘क्रूर’ भन्दै महफुज अनामले यसले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको मुद्दालाई अगाडि ल्याएको बताए । उनले पत्रकारहरूलाई आफ्नो जीवनको सुरक्षाको माग गर्न एकजुट हुन अपील गरेका छन् ।

 

Nepal life insurance