अर्घाखाँची: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको आठौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा तारा घिमिरे चयन (तस्बिर सहित )

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डटकम।

सन्धिखर्क, अर्घाखाँची।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार सन्धिखर्कस्थित बिहार कबिरामा संघको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

May be an image of one or more people, people studying and textNepal life insurance

अधिवेशनबाट तारा प्रसाद घिमिरे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन हुनु भएको छ ।अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप भण्डारीले संघलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी, शुभेच्छुक तथा अतिथिहरूप्रति आभार व्यक्त गर्नुभयो ।अध्यक्ष भण्डारीले भन्नुभयो।

May be an image of one or more people, tree and text

“संघ स्थापना कालदेखि आजसम्म सबै व्यवसायीहरूको सक्रिय सहभागिता र सहयोगका कारण संस्था मजबुत बनेको छ । आगामी दिनमा पनि नयाँ नेतृत्वलाई सबैको साथ, सहयोग र सहकार्य रहने विश्वास लिएको छु ।”कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नेत्रप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य सिद्धिप्रसाद भुसाल, द्रोणप्रसाद भुसाल, महासंघका पूर्व जिल्ला अध्यक्ष उमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।उद्घाटन सत्र संस्थाका जिल्ला अध्यक्ष प्रदिप भण्डारीको अध्यक्षता, प्रथम उपाध्यक्ष तारा प्रसाद घिमिरेको स्वागत मन्तव्य र द्वितीय उपाध्यक्ष लेखनाथ भण्डारीको संचालनमा सम्पन्न थियो ।

May be an image of text that says "O SZAFIC नेणाल पुस्तक तथा स्टेशनरी व्यवसायी जिल्ला शास्ा, आठौ जिल्ला अर्धारखांची महासंघ महारेव महार अधिवेशन मिति: શવશ पौष 90 मते"

अधिवेशनबाट ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । जसअनुसार प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा दामोदर बन्जाडे, सचिवमा रामलाल भुसाल, कोषाध्यक्षमा लक्ष्मण खड्का र सह–सचिवमा विष्णुप्रसाद पोख्रेल चयन भएका छन् ।

यस्तै सदस्यहरूमा इन्द्रमणी बन्जाडे, कासीराम गैरे, मोहनराज भुसाल, टिकाराम खनाल र बिमला भुसाल चयन भएका छन् ।

अधिवेशनले ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसको संयोजकमा महेश्वर पन्थी तथा सदस्यहरूमा विष्णुबहादुर खनाल र बाबुराम बन्जाडे रहेका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु