अर्घाखाँची: अपराध नियन्त्रण प्रहरीको मात्र दायित्व होइन, नागरिकको भूमिका निर्णायक हुन्छ : वडा अध्यक्ष के.सी (तस्बिर सहित )

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डटकम।

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसी ले समाजमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रहरीको मात्र होइन, नागरिकको सक्रिय र जिम्मेवार भूमिका अपरिहार्य रहेको बताउनुभएको छ।

May be an image of one or more people and textNepal life insurance

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. ७ फुदबाङ मा आयोजित नागरिक सुनुवाइ कार्यक्रम मा प्रमुख वक्ताका रूपमा मन्तव्य राख्दै अध्यक्ष केसीले अपराध रोकथाम, लागुऔषध दुव्र्यसन नियन्त्रण, साइबर ठगी न्यूनीकरण तथा सामाजिक अनुशासन कायम गर्न प्रहरी र नागरिकबीच सशक्त सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो। उहाँले सभ्य, सुरक्षित र सुसंस्कृत समाज निर्माण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो।

May be an image of one or more people and text

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक फल बहादुर तामाङ ले प्रहरीद्वारा प्रदान गरिँदै आएका सेवा, शान्ति सुरक्षाको वर्तमान अवस्था तथा मंसिर महिनामा सम्पन्न प्रमुख प्रहरी गतिविधि बारे विस्तृत जानकारी गराउनुभयो।

May be an image of one or more people, people studying and text

नागरिकका गुनासा, सुझाव र अपेक्षा संकलन गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ।

May be an image of one or more people, people studying and text

नागरिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उठाइएका विषयवस्तु र सुझावहरूलाई आगामी कार्ययोजनामा समेटिने प्रतिबद्धता प्रहरीले जनाएको छ।

May be an image of one or more people and text

कार्यक्रम प्रहरी सहायक निरीक्षक संगीत परियार को सञ्चालनमा सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले यसअघि छत्रदेव गाउँपालिका, शितगङ्गा नगरपालिका, मालारानी गाउँपालिका तथा भूमिकास्थान नगरपालिका लगायतका स्थानमा पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।

 

Nepal life insurance

अन्य समाचारहरु