अर्घाखाँचीमा सामुदायिक वन उपभोक्ताहरूको भेला सम्पन्न । (तस्बिर सहित)

imagesimages

 

-केशब पन्थी ,अर्घाखाँची अर्घाखाँची डटकम ।

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको लदाम रानीगैरा सामुदायिक वन उपभोक्ता समूहको भेला आज सम्पन्न भएको छ। सामुदायिक वनको समग्र व्यवस्थापन, संरक्षण, दिगो उपयोग र आगामी कार्ययोजनाबारे छलफल गर्न भेला आयोजना गरिएको हो।

May be an image of one or more people and text

लदाम रानीगैरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलराज बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत दशराम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

May be an image of one or more people and text

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा आयआर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले वनको संरक्षणसँगै वैज्ञानिक व्यवस्थापन, वन पैदावारको सदुपयोग र जैविक विविधताको संरक्षणमा उपभोक्ताहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

May be an image of one or more people and text

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहहरू स्थानीय शासनको महत्वपूर्ण अंग भएको बताउँदै वन अधिकार, उपभोक्ताको हकहित संरक्षण र नीति निर्माण प्रक्रियामा उपभोक्ताहरू सचेत र संगठित हुन आवश्यक रहेको धारणा राख्नुभयो। यस्तै, महासंघका कोषाध्यक्ष लक्ष्मण पराजुलीले वनबाट प्राप्त आम्दानीलाई पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

May be an image of one or more people and text

कार्यक्रममा कमला भण्डारी भुसालले महिला सहभागिता बिना सामुदायिक वनको दिगो व्यवस्थापन सम्भव नहुने बताउँदै निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

No photo description available.

यस्तै, सन्धिखर्क नगर सभाका सदस्य भगवता पाण्डे सुनारले नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र स्थानीय विकासका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो।

May be an image of one or more people, hospital and text

भेलामा सामुदायिक वनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा वन संरक्षण, वन पैदावार व्यवस्थापन, आगलागी नियन्त्रण, अवैध कटानी रोकथाम तथा उपभोक्ताको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

May be an image of one or more people and text

उपभोक्ताहरूले वन संरक्षणमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आफ्ना धारणा तथा सुझावहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन समूहका उपभोक्ता मणिराम पराजुलीले गर्नुभएको थियो। भेलामा सयौं उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले सामुदायिक वनप्रति स्थानीयवासीको चासो र सक्रियता झल्काएको छ।

भेलाको अन्त्यमा अध्यक्ष कुलराज बस्यालले उपस्थित सम्पूर्ण अतिथि, वक्ता र उपभोक्ताहरूलाई धन्यवाद व्यक्त गर्दै सामुदायिक वनलाई संरक्षण र समृद्धिको केन्द्र बनाउने गरी सबै उपभोक्ताहरू एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो।

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of one or more people, hospital and text

Nepal life insurance

अन्य समाचारहरु