मोर्चाको चेतावनी सरकारबाट समर्थन फिर्ता लिने

काठमाडौं, २६ मंसिर प्रधानमन्त्री एकलौटी ढंगले अगाडि बढिरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिन सकिने चेतावनी दिएका छन् । आज माओवादीसँगको वार्तामा सरकारको मुख्य घटकसमेत रहेको मोर्चाले यस्तो चेतावनी दिएको हो ।

ूयही अवस्थामा सरकारलाई समर्थन दिइरहन सकिँदैन,ू मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक०का अध्यक्ष जेपी गुप्ताले भने, ूचारबुँदे सहमति कार्यान्वयनमा सरकारले देखाएको उदासीनताप्रति हामी गम्भीर छौं ।ू

प्रधानमन्त्रीले चारबुँदे सहमतिबारे सार्वजनिक रूपमै टीकाटिप्पणी गरेको भन्दै मोर्चाले बैठकमा आपत्ति जनाएको उनले बताए ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार गठनका क्रममा मोर्चासँग भएको चारबुँदे सहमति बाध्यतावश गनुपरेको अभिव्यक्ति दिएपछि मोर्चा(प्रधानमन्त्री सम्बन्ध चिसिएको छ । माओवादीकै मोहन वैद्यपक्षले चारबुँदे सहमति राष्ट्रघाती भएको भन्दै प्रधानमन्त्रीको कडा आलोचना गर्दै आएको छ ।

सरकार गठनका क्रममा माओवादी र मधेसी मोर्चाबीच चारबुँदे सहमति भएको थियो । यो सहमतिको प्रतिपक्षी कांग्रेस, एमालेलगायत माओवादीकै वैद्य पक्षले कडा आलोचना गर्दै आएका छन् ।