काठमाडौं, मंसिर २६ माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनको सुरक्षामा रहेका सुरक्षाकर्मी फिर्ता नपठाउने भएका छन् । विस्तृत शान्ति सम्झौतामा माओवादी नेताको सुरक्षा सरकारले गर्ने उल्लेख भएको भन्दै सुरक्षाकर्मी फिर्ता नपठाउने उनका छोरा प्रकाशले जनाए ।
ुविस्तृत शान्ति सम्झौताअनुसार सुरक्षाकर्मी फिर्ता नपठाइएको हो,ु उनले भने । दाहालको सुरक्षाका लागि नेपाल प्रहरीका २६ र सशस्त्रका ४५ सुरक्षाकर्मी छन् । दाहालको सुरक्षाको पूरा जिम्मा नेपाल प्रहरी र सशस्त्रले लिनुअघि लडाकुले पनि गर्दै आएका थिए । दाहाललाई सबभन्दा सुरक्षा खतरा भएकाले हटाउन नमिल्ने प्रकाशले जनाए । दाहाल आफैंले पनि पटक(पटक आफूलाई सुरक्षा खतरा रहेको बताउँदै आएका छन् ।
सुरक्षाकर्मी फिर्ता गरेका नेताहरूको सुरक्षाका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरी त्यसको व्यवस्था गर्ने तयारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाए । ुशीर्ष नेताहरूलाई कस्तो सुरक्षा चाहिन्छ भन्ने विषयमा सम्बन्धित नेताहरूसँग छलफल गरी व्यवस्था गर्ने तयारी भएको छ,ु उनले भने, ुमाओवादी नेताका हकमा भने विभिन्न सम्झौताअनुसार पहिलेकै सुरक्षाकर्मी रहने छन् ।ु



