



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–२०,अर्घाखाँची – जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरको ४२औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा विद्यार्थिबाट सांस्कृतिक कार्यक्रम, वार्षिक नतिजामा उत्कृष्ट र खेलप्रतिभा पुरस्कार वितरण गरिएको छ ।

बिहिबार कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रवक्ता मोतिजंग रायमाझीले जनता आधारभुत विद्यालय सामुदायिक तर्फ प्रा.वि.तहमा सन्धिखर्क मात्र नभइ अर्घाखाँचीमै नमुना रहेकोले यसको सिको सबैले गर्नुपर्ने बताउनुभएको छ ।

सन्धिखर्क–२ का वडाध्यक्ष समेत रहनुभएका प्रवक्ता रायमाझीले देश र समाज कस्तो बनाउने भन्ने शिक्षाले निर्भर गर्ने भन्दै ब्यबहारिक र नैतिक शिक्षाको खाँचो औल्याउनुभएको छ ।


कार्यक्रममा सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, अक्षयकोषदाता गोमा सापकोटा रेग्मी, पत्रकार गोपाल प्रसाद भट्टराई र पूर्व शिक्षक शालिकबाबु पोख्रेलले सम्बोधन गर्नुभएको थियो ।


जहाँ विद्यार्थि त्यहाँ शिक्षकको व्यवस्थापन, शिक्षाको गुणस्तरिय परिणामको निम्ती सरोकारवाला सबैको एकता, सक्रियता र जिम्मेवारिको खाँचो हुने उहाँहरुको भनाई छ ।

वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक बिमला पोख्रेलको स्वागत मन्तव्य र शिक्षक केशवराज पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानध्यापक गिता वेल्वासेले विद्यालयको आय–व्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका संस्थापक, पूर्व वि.व्य.स.पदाधिकारी, पिटिए, पूर्व पिटिएका पदाधिकारी, शिक्षक, पूर्व शिक्षक र अभिभावकको उल्लेखनिय सहभागितामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताले विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापकको कडा परिश्रमले स्कुल सुन्दर बनेको भन्दै धन्यावाद दिएका छन् ।


कक्षा नर्सरीदेखि कक्षा ६ सम्म पठनपाठन हुने यो विद्यालयमा अहिले ९० जना विद्यार्थिले अध्ययन गर्दै आइरहेका छन् ।

अंग्रेजी र नेपाली दुवै माध्यमको कक्षा संचालन गरेको स्कुलमा ३ जना निजि स्रोतका शिक्षक रहेकोले नियमित व्यवस्थापन गर्न कठिनाई भइरहेको स्कुलको गुनासो छ।
थप तस्बिर :

















