विवाद समाधान गर्न माओवादी शीर्षनेताहरुको बैठक

काठमाडौं, २८ मंसिर पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न माओवादी
शीर्षनेताहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नयाँ
बजारमा बसेको छ ।
बैठकमा शीर्ष नेताहरुबीच वरिष्ठ उपाध्यक्ष मोहन वैद्यपक्षले दिएको ुपार्टी
फुटको नजिक पुगेको भन्नेु अभिव्यक्तिका विषयमा छलफल भएको स्रोतले बताएको छ ।
पार्टीमा आन्तरिक विवाद चर्कदै गएपछि अध्यक्ष प्रचण्ड कार्यविभाजन हेरफेर गरी विवाद समाधान गर्ने पक्षमा रहेको र यो विषयमा प्रधानमन्त्रीसँग छलफल भएको बताइएको छ । बैठकपछि बाहिर निस्कादै उपाध्यक्ष मोहन  वैद्यले पार्टी कुनै पनि हालतमा नफुट्ने भन्दै पार्टीभित्रको विवाद चाँडै समाधान हुने बताए ।
 
यसैगरी उनीहरूबीच राष्ट्रिय सहमतिको सरकार, संविधान लेखनलगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । हिजो सिन्धुली पुगेका सचिव गजुरेलले अलग अलग सिद्धान्त बोकेका नेताहरू एउटै पार्टीमा रहन नसक्ने र पार्टी फुटको नजिक पुगेको अभिव्यक्ति दिएका थिए ।