चुनावी तयारी तीव्र: फागुन २१ को चुनावमा एमाले अर्घाखाँची सक्रिय, एमाले अर्घाखाँचीबाट रायमाझीसहित ५ जनाको नाम सिफारिस (तस्बिर सहित )

imagesimages

 

-अर्घाखाँची डटकम सम्बाददाता।

अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले उम्मेदवार सिफारिस गरेको छ ।

May be an image of dais and textNepal life insurance

जिल्ला कमिटीको सातौँ पूर्ण बैठकले पार्टीको केन्द्रीय नीति, निर्देशन तथा मापदण्डअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

No photo description available.

सिफारिस हुने उम्मेदवारहरूमा पूर्व मन्त्री टोपबहादुर रायमाझी, पीताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, भोजबहादुर शाहबिजुला रायमाझी रहेका छन् ।

May be an image of text

जिल्ला कमिटीका अनुसार पार्टीभित्र व्यापक छलफल, संगठनप्रतिको योगदान, जनसमर्थन, राजनीतिक अनुभव र निर्वाचन जित्ने सम्भावनालाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको हो ।

जिल्ला कमिटीले हाल भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्व मन्त्री टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, वोम बहादुर विक, निवर्तमान सांसद विजुला रायमाझी र भोज बहादुर शाह सिफारिस गरेको छ ।

२०७९ मा भएको निर्वाचनमा एमालेबाट टोप बहादुर रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेर विजयी भएका थिए । उनले नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।

May be an image of text that says "I 何 109 कक JMU mиco ዜሬ9 JMU หจว POCO X5 PRO OCOX5PRO5G|@LAA 5G @LAA 16/12/2025 10:"

सिफारिस गरिएका नामहरू अब पार्टीको केन्द्रीय कमिटीमा पठाइने छन् र अन्तिम निर्णय केन्द्रीय नेतृत्वबाट हुने जनाइएको छ ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने, अनुशासित र सक्रिय कार्यकर्तामार्फत जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने तथा चुनावी अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।

May be an image of one or more people and people smiling

एमाले अर्घाखाँचीले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यसहित संगठन मजबुत बनाउँदै जनमुखी एजेन्डासहित चुनावी मैदानमा उत्रने प्रतिबद्धता व्यक्त गरेको छ ।

थप तस्बिर :

#ArghakhanchiCom #ArghakhanchiDotCom #Arghakhanchi #UMLArghakhanchi #Election2082 #SansadElection #CandidateRecommendation #TopBahadurRaimajhi #UMLNepal #NepalPolitics

Nepal life insurance

अन्य समाचारहरु