नेपालका लागि पूर्व-अमेरिकी राजदूत नेन्सी जे पावेललाई राष्ट्रपति बाराक ओबामाले भारतका लागि राजदूत नियुक्त

अमेरिका- नेपालका लागि पूर्व-अमेरिकी राजदूत नेन्सी जे पावेललाई राष्ट्रपति बाराक ओबामाले भारतका लागि राजदूत नियुक्त गरेका छन् । ६४ वर्षीय पावेल सन् २००७ अगस्तदेखि सन् २००९ अगस्तसम्म नेपालका लागि राजदूत थिइन् ।

नेपालको पछिल्लो शान्ति प्रक्रियामा उनी नेपाल थिइन् । नेपाली भाषासमेत जान्ने नेन्सी अहिले अमेरिकी सरकारको मानव संशाधन हेर्ने महानिर्देशक छिन् ।

यसअघि भारतका लागि अमेरिकी राजदूत टिमोथी जे. रोअमरले सन् २०१० जुन अन्त्यमा जारी हुने गरी आफ्नो पदबाट राजीनामा दिएका थिए । रोअमरपछि नेपालमा पिस्कोर स्वयंसेवक भई सन् १९६० को दशकमा काम गरेका अल्बर्ट पिटर बर्ल भारतका लागि कायममुकायम राजदूत भएर काम गरेका थिए ।