अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहान (तस्बिर सहित )

🗳️ अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा रामबहादुर चौहान

 

अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी माहोल तातेको छ।

May be an image of one or more people, henna and wedding

यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर चौहान बलियो संगठन, लामो राजनीतिक अनुभव र स्पष्ट रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन्।

May be an image of textNepal life insurance

चौहानको प्रतिस्पर्धा नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) रास्वपाका हरि प्रसाद भुसाल, तथा राजमोका पशुपति ढ़्काल सँग रहेको छ।

May be an image of one or more people

छ वटा स्थानीय तह रहेको अर्घाखाँचीमध्ये मालारानी गाउँपालिकाबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा थप चर्किएको छ।

May be an image of one or more people

विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका चौहान श्री आदर्श मावि खनदह हुँदै पाणिनी बहुमुखी क्याम्पस स्ववियु सभापति, अखिल जिल्ला अध्यक्ष, युवा संघ जिल्ला अध्यक्ष, एमाले जिल्ला सचिव, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीका अध्यक्ष तथा अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष जस्ता जिम्मेवारी सम्हाल्दै जनमुखी नेताका रूपमा स्थापित भएका हुन्।

May be an image of one or more people

राजनीतिक उतारचढावका बीच पार्टी एकता, विभाजन र पुनः एकीकरणमा सक्रिय भूमिका खेलेका चौहान हाल माओवादी र नेकपा एसबीचको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।

May be an image of clarinet, flute, violin, trumpet and text

सरल जीवनशैली, स्पष्ट विचार र जनतासँगको प्रत्यक्ष सम्पर्कका कारण उनी पछिल्लो समय सबै वर्गमा लोकप्रिय बन्दै गएका छन्।

May be an image of one or more people, sherpa coat and temple

चौहान पाँचकुने तारा चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्। पार्टी संगठन पुनर्संरचित भइसकेको र सबै पुस्ता तथा वर्गका मुद्दालाई सम्बोधन गर्ने स्पष्ट एजेण्डा भएकाले विजय सुनिश्चित हुने दाबी उनले गरेका छन्।

May be an image of mountain

चौहानले पार्टीको बिषम अबस्थमा समेत संगठन निर्माण र संकटको समयमा नेतृत्व गर्न सक्ने क्षमता प्रदर्शन गरेका थिए। विद्यार्थी राजनीति, युवा संगठन, पार्टी सचिवालयदेखि केन्द्रीय तहसम्मको अनुभवले उनलाई नीतिगत रूपमा परिपक्व र व्यवहारिक नेता बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

May be an image of one or more people and text that says "OO RIDA! D43! DAENOTE NOTZ 10S"

स्वास्थ्य, शिक्षा, सुरक्षा र सञ्चार क्षेत्रसम्म प्रत्यक्ष संलग्न भएर काम गरेको अनुभवका कारण चौहान समस्या बुझ्ने र समाधान खोज्ने नेताका रूपमा परिचित छन्। विशेषगरी अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षका रूपमा रहँदा उनले देखाएको सक्रियता र सेवाभावले सर्वसाधारणको विश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

May be an image of one or more people

सरल जीवनशैली, स्पष्ट विचार र आम नागरिकसँगको सहज पहुँच उनका थप बलिया पक्ष हुन्। राजनीतिक अस्थिरता, पार्टी एकता–विभाजनजस्ता जटिल परिस्थितिमा पनि संगठनलाई जोगाउँदै अघि बढ्ने उनको भूमिका उनलाई अनुभवी र भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित गरिरहेको छ।

May be an image of one or more people and tree

यही संगठनात्मक शक्ति, अनुभव, जनसम्पर्क र रणनीतिक स्पष्टताका आधारमा रामबहादुर चौहानलाई अर्घाखाँचीको प्रतिनिधिसभा निर्वाचनमा एक बलियो दाबेदारका रूपमा हेरिएको छ।

No photo description available.

अर्घाखाँचीको चुनाव अब बहुआयामिक प्रतिस्पर्धातर्फ अघि बढेको विश्लेषण भइरहेको छ। चौहान यो प्रतिस्पर्धात्मक चुनावी मैदानमा पनि जबरजस्त भागीदारी गर्दै अन्य उम्मेदवारलाई चुनौती दिँदै आफ्नो संगठन, अनुभव र रणनीतिक कार्यशैलीको बलमा विजय हासिल गर्ने सम्भावना बलियो रहेको बताइन्छ।

No photo description available.

सर्वसाधारणसँगको निकटता, सरल जीवनशैली र स्पष्ट विचारले चौहानलाई अर्घाखाँचीको प्रतिनिधिसभा निर्वाचनमा एक प्रबल दावेदारका रूपमा स्थापित गरेको छ।

थप तस्बिर :

May be an image of one or more people

May be an image of tree

May be an image of mountain

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people and tree

May be an image of one or more people and tree

May be an image of one or more people

May be an image of text

May be an image of skeet shooting

📌 arghakhanchicom | arghakhanchidotcom | arghakhanchicomHD

#ArghakhanchiElection #RamBahadurChauhan #NepalPolitics #PanchkuneTara #ElectionBattle #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages

अन्य समाचारहरु