काठमाडौं, पुस १७ माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धि विशेष समितिले आइतबार स्वैच्छिक अवकासमा जाने लडाकुको विदाइबारे छलफल गर्दैछ ।
मधेसी मोर्चासहित प्रमुख तीन दलले अवकासमा जाने लडाकुलाई विदाइ गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि राखिरहेकाबेला यसबारे छलफल हुन लागेको हो ।
साँझ ५ बजे बस्ने विशेष समिति बैठकले सचिवालयले तयार पारेको कार्ययोजनाबारे छलफल गर्ने छ । कार्ययोजना बनाउन विशेष समितिले यसअघि नै सचिवालयलाई निर्देशन दिइसकेको थियो ।



