प्रचण्ड नयाँ घरमा सर्दै

यस्तो छ प्रचण्डको नयाँ घर

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटस्थित एक घरमा गर्ने भएका छन। नयाँबजारमा रहेको निवासबाट प्रचण्ड पुसको मसान्तसम्म लाजिम्पाट सर्ने नयाँबजार स्रोतले जनाएको छ ।

 

लाजिम्पाटको होटल सांग्रीलादेखि २ सय मिटर भित्र प्रधानमन्त्री निवास बालुवाटार जाने बाटोमा रहेको सुविधासम्पन्न घरमा प्रचण्ड सर्न लागेका हुन ।

 

प्रचण्ड सर्ने घरमा अहिले पुर्ननिर्माणका काम भैरहेको छ । प्रशस्त पार्किङ सुविधा रहेको कम्पाउण्डभित्र दुई ओटा भवन रहेका छन । घरको गेट पनि सुरक्षा गार्ड बस्न मिल्नेगरी बनाइँदैछ । निर्माण काममा संलग्न मजदुरका अनुसार घरको पुर्ननिर्माण काम १०/१५ दिनमा सकिनेछ ।