

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।

त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलनै जितेका छन् ।
#T20WorldCup #CricketNews #TodayMatches #T20Cricket #SportsUpdate #CricketFans #WorldCup2026 #CricketHighlights #NepalSports #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



