मधेशी मोर्चाले माओवादीसँग सरकार बनाउँदा गरेको तराई केन्द्रित चारबुँदे सहमति कार्यान्वयन गर्न दवाव

– एकीकृत माओवादीसँग मिलेर सरकार बनाउँदा गरिएको चारबुँदे सहमति क्रमश कार्यान्वयन हुँदै गएको मन्त्रीहरुले बताएका छन्।

 

तराई केन्द्रित क्षेत्रीय दलहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एकीकृत माओवादीसँग सरकार बनाउँदा गरेको चारबुँदे सहमति क्रमश कार्यान्वयन हुँदै गएको बताएको छ।

चारबुँदे सहमति गरेको महिनौं वित्दा पनि पुरा गर्न नसकेको भन्दै आन्तरिक रुपमा आलोचना खेप्दै आएका मोर्चाका नेताहरुले केहि समय यता सहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिँदै आएका छन्।


यसै साता पनि मोर्चा र प्रमुख सत्तारुढ घटक माओवादीबीच चारबुँदे कार्यान्वयनका लागि संयुक्त बैठक बसेको थियो।


बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीले मन्त्रीपरिषदको निर्णय या विधेयक जुन बाटोबाट भएपनि मोर्चाको माग पुरा गर्न आफुहरु तयार रहेको आश्वाशन दिएको बताइन्छ।


शनिबार बसेको मोर्चाको आन्तरिक बैठकमा मोर्चाका दोश्रो तहका नेताहरुले सहमती कार्यान्वयनबारे चर्को गुनासो गरेपछि पहिलो तहका नेताहरुले बचाउ गर्ने तयारी गरेको बताइएको छ।


बैठकमा सहभागी एकजना मन्त्री दानबहादुर चौधरी भन्छन्,