४ पुस, काठमाण्डौ । जनमुक्ती सेनाका प्रवक्ता चन्द्रप्रकास खनाल बलदेबले
सेना समायोजनका लागी माओवादी सेनालाई उपरथि सम्मको पद नदिए सेना समायोजन
हुन नसक्ने चेतावनी दिनु भएको छ । बलदेबले उपरथिसम्मको पद नदिए ब्यक्तिगत
योग्यताको आधारमा सेना समायोजन हुन नसक्ने ठोकुवा गर्नु भयो ।
रिपोर्टस क्लब नेपालले आइतवार राजधानीमा आयोजना गरेको साक्षात्कार
कार्यक्रममा बलदेबले नेपाली सेनाले बृज कोर्सको तालिम दिने भए पनि बृज
कोर्ष कस्तो बनाउने भन्ने विषयमा नेपाली सेना र जनमूक्ती सेनालाई मान्य
हुने गरी कोर्ष तयार गर्नु पर्ने वताउनु भयो । थप क्षतीपूर्ति, उपरथी र
बृजकोषको विषयमा कुरा नमिलेसम्म शान्ति प्रक्रिया अवरुद्ध हुने चेतावनी
दिदै बैशाख नलागी शिविर खाली हुने सम्भावना नरहेको दावी बलदेबको छ ।
उहाँले नेपाली सेनाले नै लडाकु छान्ने हो भने त्यसलाई समायोजनको साटो भर्ना
भन्न चुनौति दिदै सात बुदे सम्झौताले यहि अस्पष्टता बढाएकोले सो विषयमा
स्पष्ट नभएसम्म शान्ति प्रक्रिया अगाडि बढ्न नसक्ने बताउनु भयो । बलदेबले
भन्नुभयो, सेनाले छान्ने कुरा समायोजन हुन सक्दैन । पहिला समायोजन हो कि
भर्नाको हो स्पष्ट पार्नु पर्छ ।
बलदेबले समायोजन रोजेका ६ हजार ५ सय भन्दा बढी रहेका ३ हजार २ सयलाई
क्षतीपूर्ति सहित थप आर्थिक प्याकेज नदिएसम्म स्वेच्छिक अवकासमा जानेलाई
विदाई नगरिने वताउनु भयो । बलदेबले स्वेच्छिक अवकास रोजेकालाई विदा गर्ने
हो भने कि थप क्षतीपूर्ति सहित थप आर्थिक प्योज वा अन्य सुरक्षा निकायमा
समायोजन गर्नु पर्ने प्रस्ताव राख्नु भयो । उहाँले भन्नुभयो, ३२ सयले
समयोजन रोजेकोले उनीहरुलाई समायोजनमा लान नसकिएको कारण सहित क्षतीपूर्ति
दिनु पर्छ ।



