एकीकृत नेकपा माओवादीले आजदेखि देशब्यापी प्रशिक्षण शुरु गर्दैछ ।
शान्ति र संविधानका लागि जनपरिचालन गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज नेवाः राज्य र ताम्सालीङ राज्यस्तरका कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल्ऽ प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, प्रधानमन्त्री तथा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रशिक्षणका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको दृष्टिकोण, केन्द्रीय समितिको बैठकले गरेको निर्णयसहितका विषयमा नेताहरुले प्रष्ट पार्ने बताईएको छ ।