संघीय राज्यको खाका तयार गर्ने अन्तिम बेला पुनर्संरचना आयोगका सदस्यहरुद्धारा दुई फरक-फरक प्रतिवेदन बुझाउने तयारीमा

– संघीय राज्यको खाका तयार गर्ने अन्तिम बेला राज्य पुनर्संरचना आयोगका सदस्यहरु दुई फरक-फरक प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा लागेका छन्।

 

लामो छलफल र प्रयासपछि पनि राज्य पुनर्संरचना आयोगका सदस्यहरुबीच कुरा नमिलेपछि उनीहरुले दुई फरक फरक प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेका छन्।

अध्यक्ष बाहेक आयोगका आठ सदस्यमध्ये चारजनाले एउटा र त्यसप्रति असहमति राख्ने तीनजना सदस्यले छुट्टै प्रतिवेदन तयार पारेका छन्।


एकजना सदस्य तटस्थ बसेको वताइएको छ।


बहुमत सदस्यले जातीयताका आधारमा ११ प्रदेश हुनुपर्ने सुझाव दिएका छन्।

 

अल्पमत सदस्यले भूगोल, भाषा, धर्म, संस्कृति, जनसंख्या र प्रशासनिक पहुँचका आधारमा छ प्रदेश उपयुक्त हुने राय दिएका छन्।

आयोगमा विज्ञका रुपमा निम्त्याइएका संविधानविद् टिकाराम भट्टराइले बीबीसीलाई बताए अनुसार अल्पमतको विचारलाई बहुमतले तयार पारेको प्रतिवेदनमा ठाउँ नदिइएपछि दुई अलग-अलग प्रतिवेदनको तयारी भइरहेको हो।


उनले भने,