भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतले नेपाली माओवादी नेताहरु माथिको मुद्दा खारेज

काठमाडौ – भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतले नेपाली माओवादी नेताहरु माथिको मुद्दा खारेज गरेको छ । ११ माओवादी नेताहरु बिरुद्ध विगत ८ बर्षदेखि बिहार जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार एडिसनल जिल्ला न्यायधी बाशिष्ठ नारायण सिंले राज्य सरकारले ति नेपाली माओवादी नेताहरुको मुद्दा फिर्ता लिन गरेको निवेदनमा सुनुवाई गर्दै उनीहरुमाथिको अभियोग खारेज गरेका हुन् ।

केन्द्रीय गृह मन्त्रालयको अनुरोधमा बिहार सरकारले ति नेपाली माओवादी नेताहरु बिरुद्धको मुद्दा फिर्ता लिने प्रकृया बुधबार सुरु गरेको थियो ।

माओवादीले सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आइ पटकपटक सरकारकोसमेत नेतृत्व गरिसकेको अवस्थामा नेपाल सरकारले तप माओवादी नेताहरु बिरुद्धको मुद्दा फिर्ता लिनका लागि कुटनीतिक प्रयास गरेको थियो ।


बिहारस्थित पटना जिल्ला अदालतमा नेपाली माओवादी नेताहरु चित्रबहादुर श्रेष्ठ, लोकेन्द्र बिष्ट, कुलबहादुर केसी, कुमार दाहाल, हीतबहादुर तामाङ, अनिल शर्मा, दीलिप महर्जन, रन्जु थापा, सुमन तामाङ, श्यामकिशोर प्रसाद यादव र मीन प्रसादको बिरुद्धमा भारतबिरुद्ध गतिविधि गरेको लगायतका अभियोगमा मुद्दा चलिरहेको थियो ।

 

– कान्तिपुर