
विभिन्न तीनवटा निर्देशिका पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको शान्ति तथा पुनर्स्थापना मन्त्री सत्य पहाडीले बताइन्।
द्वन्द्वकालमा घाइते भएका माओवादी लडाकुलाई अब रेखदेख र पुनर्स्थापना केन्द्रमा राखेर सरकारले स्याहार सुसार गर्ने उनले बताइन्।
उनका अनुसार त्यस्ता केन्द्रमा नबसी आफ्नो घर जान चाहने घाइतेले मासिक रुपमा निवृत्तिभरण पाउने छन्।



