
पूर्व रानी कोमल शाहको ६२ औं जन्मदिन आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जन्मोत्सव नागरिक मुल समारोह समितिले तीन दिनसम्म पूर्व रानी कोमलको जन्मदिन मनाउने जनाएको छ ।
पूर्व रानी कोमललाई आज निर्मल निवास पुगेर राजावादी र शुभेचछुकहरुले जन्मदिनको शुभकामना दिएका थिए ।
शुभकामना दिन निर्मल निवास परिसरमा लामो लाइन लागेको थियो ।
उनीहरुले नाचगान समेत गरेका थिए ।